यातायात मजदुर तथा ब्यवसायी भलाईकोष ५० औं वर्षमा, बैशाख १ गतेदेखि ३ गतेसम्म स्वर्णमहोत्सव मनाउदै
बुटवल । यातायात मजदुरहरुको संरक्षण र हितका लागि स्थापना भएको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ।
सार्वजनिक सवारी साधनका चालकहरु मिलेर २०३१ सालमा स्थापना गरेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो।
कोषले नया बर्ष २०८१ को प्रारम्भ संगै बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको आज आयोजित पत्रकार सम्मलेनमा कोषका अध्यक्ष दिनेश फुल्लेलले बताए।
कोषमा राजेन्द्र बहादुर सिंह श्रेष्ठ, यम केसी, दामोदर ज्ञवाली, डिल बहादुर, थापा कुमार थापा, चिन बहादुर गुरुङ, नारायण प्रसाद भटराई लगायत हुदै पछिल्लो समय दिनेश फुल्लेलले नेतृत्व गरेका छन्।
काेषका अध्यक्ष फुल्लेलका अनुसार सुदुरपश्चिम बाहेकका ६ प्रदेशका २६ स्थानमा साखा स्थापना गरि मजदुरका समस्याबारे सहजीकरण गरेको छ। हाल काेषमा ३ हजार हाराहारी यातायात मजदुरहरु आवद्ध छन्।
तिनदिन सम्म मनाईने स्वर्ण महोत्सवको अवसरमा संस्थाले रक्तदान, चालक परिचालक र सहचालकहरुको स्वास्थ्य चेकजांच सहितका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने अध्यक्ष फुल्लेलले बताए।
भलाई कोषको स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपियांको गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष फुल्लेलले बताए।
भलाई कोषले हालसम्म भए गरेका काम, संस्थाको इतिहास र दुर्घटना न्युनीकरणसम्बन्धी विषयलाई समेटेर प्रकासन गरिने स्मारिका विमोचन गरिने अध्यक्ष फुल्लेलले जानकारी दिए।
यातायात मजदूर तथा व्यवसायी भलाई कोषले दुर्घटना न्युनीकरणका लागि बिगतदेखि नै सचेतना जगाउंदै आएको छ। भने दुर्घटनामा परेर ज्यान गुमाएका यातायात मजदुरका परिवारमा राहत घाईतेहरुको भरण पोषणका लागि मासिक भत्ता तथा दुर्घटनामा परेर हिरासतमा बसेका चालकहरुको परिवारका लागि जिवन यापन गर्न राहत रकम समेत उपलब्ध गराउने गर्दै आएको छ।
लेखकको सम्वन्धमा