होराइजन जिबिएसमा शुभकामना तथा विदाई, बैकुण्ठ महत र शिलुले झुमाए विद्यार्थी

होराइजन जिबिएसमा शुभकामना तथा विदाई, बैकुण्ठ महत र शिलुले झुमाए विद्यार्थी
0 0
Read Time:5 Minute, 5 Second

 बुटवल। न्यु होराइजन कलेज (होराइजन जिविएस)का कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम गरिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष फर्सुराम गिरीले उद्घाटन गर्दै होराइजन गौतम बुद्ध मा.वि तिलोत्तमा नगरपालिका भित्रको नीजि लगानीको राम्रो शैक्षिक संस्था भएको भन्दै राष्ट्रिय,अन्तर्राष्ट्रिय छवि बनाउन सफल भएको बताए । कक्षा १२ पछिका लागि होराइजन ब्रान्डका रुपमा भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत बाबुराम भण्डारीले गुणस्तरीय शिक्षासंगै प्रयोगात्मक, अतिरिक्त क्रियाकलापमा विद्धालयका विद्घार्थीहरु उत्कृष्ट रहेको बताए । दुई वर्षको मेहनतको परिक्षाको घडि अगाडी आएको भन्दै उनले उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए । परिक्षामा नदेखिने ब्यक्तित्व विकास, संस्कार, संस्कृतिमा समेत सिकाई उपलब्धि होस भन्ने शुभकामना दिए।

कार्यक्रममा बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्य इन्द्रप्रसाद भुसाल, न्यु् होराइजन मातृसंस्थाका उपप्राचार्य बासुदेव अर्यालय, राजिव श्रेष्ठ, प्राध्यापक डा. नारायणप्रसाद पन्थ, डा. तारानाथ भट्टराई, प्रदिप अर्याल, प्रकाश घिमिरे, लक्ष्मणप्रसाद गौतम, रुद्र भुसाल क्षितिज इन्टरनेशनल कलेजका शैक्षिक निर्देशक राजेन्द्र लम्साल, संयोजन अतिरिक्त व्रिmयाकलाप प्रमुख डा. मुरारि पराजुली, रुद्र भुसाल, विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले विद्यार्थीको सही मूल्याङ्कन ग्रेडसिटमा लेखिएको ग्रेडमा निर्धारण नहुने बताए ।
कार्यक्रममा कक्षा १२ को रशायनशास्त्र, गणित, भौतिकशास्त्र आदी विषयको परियोजना कार्य (प्रोजेक्ट वर्क) मा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयभन्दा बाहिर सञ्चालित विभिन्न अतिरिक्त व्रिmयाकलापमा प्रथम, द्वितीय एवम् तृतीय हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी होराइजन गौतम बुद्ध मा.वि.मा कक्षा ११ र १२ अध्ययन गरी पाइलट कोर्स पुरा गरेकी छात्रा दिक्षा भट्टराईलाई पनि सम्मान गरिएको थियो । कक्षा ११ र १२ को अध्ययन पछि विभिन्न विधामा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई जनप्रिय गायक वैकुण्ठ महत, कलाकार शिलु भट्टराई तथा विद्यालयका सङ्गीत प्रशिक्षक शुसिल आचार्य, विद्यार्थी, शिक्षक र कर्मचारी कलाकारका बेजोड प्रस्तुतीहरु रहेका थियो । गौतम बुद्ध सेकेन्डरी स्कुलका विद्यार्थी परिषद्का उपाध्यक्ष एवम् कक्षा ११ का छात्र निकेश मल्ल ठकुरीकाे अध्यक्षता छात्रा कविता पौडेल, प्रकृती सुवेदी र वंशिका न्यौपानेले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।
साथै कक्षा नर्सरीदेखी १० सम्मको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न भएको प्राध्यापक कृष्णप्रसाद पाण्डेले बताए 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %