ईद पर्बले सबै समुदायमा आपसी सदभाव र भातृत्वको विकासमा भुमिका खेलेको छ : सभामुख
बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सवालमा लुम्विनी प्रदेश सभा महत्वपुर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको जनाउनु भएको छ ।
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद (ईद–उल–फित्र)को अवसरमा विहिवार विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले राजनीतिक परिवर्तनका लागि विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा मुस्लिम समुदायले खेलेको भूमिका अतुलनीय रहेको जनाउनु भएको छ ।
“विभेदमा पारिएका समुदायको भाषा, धर्म, संस्कृति, लिपि, चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संवद्र्धन र प्रर्वद्धनमा समेत लुम्विनी प्रदेश सभा प्रतिवद्ध रहेको विश्वास दिलाउदै पुनः ईद पर्वको विशेष शुभकामना व्यक्त गर्दछु ।” सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
उहाँले महान् जनयुद्ध तथा जनआन्दोलन, क्रान्ति र संघर्षबाट धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता सहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना हुनु महत्वपूर्ण राजनीतिक उपलब्धी रहेको र यसलाई संस्थागत गर्दै समाजवादमा पुग्ने लक्ष्यमा दृढताका साथ लाग्नु आजको आवश्यकता भएको जनाउनु भएको छ ।
नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपुर्ण मुलुक रहेको र हाम्रा धार्मिक, सांस्कतिक पर्वहरुले सबै समुदाय बीच एक आपसमा सदभाव भातृत्वको विकास गरी एकतावद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
लेखकको सम्वन्धमा