राईड शेयरिङ एप ई-ड्राईभ अब लुम्बिनीमा, फस्ट राईडिङमा ५० प्रतिशत छुट

राईड शेयरिङ एप ई-ड्राईभ अब लुम्बिनीमा, फस्ट राईडिङमा ५० प्रतिशत छुट
0 0
Read Time:2 Minute, 59 Second

बुटवल । अनलाईन टेक्सी तथा बाईक सेवा दिने गरि ई ड्राईभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको छ।

Advertisement

काठमाडौमा ६ महिना देखि सेवा दिदै आएको प्रालिले यसक्षेत्रमा बैशाखको पहिलो हप्तादेखि सेवा बिस्तार गरि लुम्बिनी प्रदेशमा शुरु गर्ने भएको हो।

रुपन्देहीमा पत्रकार सम्मेलन गरि ई-ड्राईभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्य गरि विजुली गाडीलाई प्राथमिकता राखेर बैशाखको पहिलो हप्तादेखि शुरु गर्ने बताए। `बुटवल भैरहवामा पहिले शुरु गर्दै छौ।´- उनले भने।

नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनले बताए। स्थानिय युवाहरुलाई आफ्नै ठाउमा रोजगारको अवसर दिने गरि सेवा शुरु गरिएको उनले बताए।

मेक ईन नेपालको मुलभुत मुद्दालाई जोड दिएर ड्राईभर र पेसेन्जरलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याईएको उनले बताए।

कार्यक्रममा ई-ड्राईभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले ईलेक्ट्रिक साधनमा जोड दिने गरि सेवा चलाएको बताए। नेपालमा दर्ता भएर आफुहरु चलेको हुदा पनि प्रक्रिया पुरा गरेर संचालन भएको हुदा वैधानिक रुपमा रहेको बताए।

अनलाईभ ड्राईभ सुरक्षित हुने उनले तर्क दिदै यो सेवामा जोड दिन आग्रह गरे। हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने बताए।

पहिचान मिल्ने गरि सवारीमा स्टिकर, ज्याकेट समेत उपलब्ध गराईएको उनले बताए। अनलाईन सवारीमा दुर्घटनामा घाईते भए ७० हजार रुपैया र मृत्यु भएको खण्डमा ७ लाख रुपैया बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको ब्यवस्था रहने उनले बताए।

निकट भविष्यमा कोशी र गण्डकीमा समेत सेवा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

कार्यक्रममा प्रालिका डाईरेक्टर विशाल भण्डारीले सेवा शुभारम्भको अवसरमा राईडमा ५० प्रतिशत छुट रहने बताए।

सम्बन्धित
सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %