नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन(भिडियोसहित)
तिलोत्तमा। बिहिवार दिउँसो २ बजेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सार्वजनिक सुनुवाइ शुरु भयो ।४ बजे राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन सार्वजनिक सुनुवाइ भईरहेको स्थलमा पुगे।
कार्यक्रम सञ्चालन गरिरहेका प्रकाश गौतमले अध्यक्ष डा. पुनलाइ बोल्न लगाए।
गुनासाहरु स्थानीयहरुले राखिरहेको अवस्थामा अध्यक्ष डा. पुनले आफ्नो सुनुवाइ गर्दै किताब किनिदिन आग्रह गरे।
उनले महाबिर पुन सम्झना, सपना र अबिरल यात्रा नामक पुस्तक बिक्री बितरण गरेर सरकारी स्वामित्वमै रहेको बिरगंज कृषि औजार कारखाना सञ्चालनका निम्ति पुस्तक बेच्दै आएको बताए। उनले पूर्व मेची देखि महाकाली सम्मको यात्राको ९६ औ दिन र २८ औं जिल्लाको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आएको जानकारी दिए।
पुनलाइ किताब बेच्न भनेपछि स्थानीय कमला पाण्डेले सार्वजनिक सुनुवाइमा किताब बेच्नु असोभनिय रहेको बताईन। उनले सार्वजनिक सुनुवाइ सकेपछि मात्रै पुनलाई बोल्न दिनुपर्ने भएपनी त्यस्तो नहुनु कार्यक्रम ब्यवस्थापकको कमजोरी रहेको बताईन।
०२७ च ९७४६ नम्बरको अशोक लैलन (छोटा हात्ति) मा पुस्तक राखेर बिक्रि गर्दै आएको महावीर पुनका सहायक हिरा पुन मगरले जानकारी दिए। अहिले सम्म ७५ हजार बढी किताब बिक्री भईरहेको उनले जानकारी दिए।
२ जनाको टिममा हिडिरहेको अवस्थामा स्थानीयहरुको सहयोगमा बिकृमा सजिलो भएको मगरले जानकारी दिए।
हेर्नुहोस भिडियो –
तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन
Posted by Lumbini Press on Thursday, April 11, 2024
लेखकको सम्वन्धमा