धातिवाङ्ग रुपन्देही सम्पर्क समाज र सिद्धेश्वर सहकारीद्वारा सामुहिक भित्तेपात्रो प्रकाशन
बुटवल । धातिवाङ्ग रुपन्देही सम्पर्क समाज र अर्घाखाँचीको धतिवाङमा प्रधान कार्यालय रहेको सिद्धेश्वर बहु-उदेश्य सहकारी संस्थाले नौलो प्रयास स्वरुप एकै साथ नयाँ वर्ष-२०८१ भित्ते पत्रो प्रकाशन गरी विमोचन गरेका छन् ।
सम्पर्क समाजका वरिष्ठ सदस्य जनार्दन पौडेलको घरमा भित्तेपात्रो विमोचन गरिएको हो ।
भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै धातिवाङ्ग रुपन्देही समाजका अध्यक्ष देवी प्रसाद पौडेलले जिल्लाभन्दा बाहिर बस्दा समाजको अपनत्व हुने भएकाले सबैलाई समेटेर समाजलाई अब्बल बनाउन लागि पर्दै आएको बताउनु भयो ।
उहाँले शहरमा रोजगारी र अन्य पेशाले गर्दा गृहजिल्ला बाहिर रुपन्देहीमा बस्दै आएका धातिवाङ्ग बासीहरुलाई एकिकृत गरी घरायसी सम्बन्ध जस्तै सामिप्यता गाँस्न समाज सफल भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सिद्धेश्वर बहु उद्देश्य सहकारी संस्थाका अध्यक्ष घनयश्य पौडेलले यस आर्थिक मन्दीको अवस्थामा दुवै संस्था मिलेर एउटा भित्ते पत्रो प्रकाशन गर्नु उचित ठानेर आफूहरुले सहकार्य गरेको बताउनु भयो । सहकारीले धातिवाङ्गको जनता र त्यहाँ बसोबास गर्ने सबैलाई आर्थिक रूपमा सचेत बनाउँदै लगेको बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ सल्लाहकार थानेश्वर पौडेलले धातिवाङ्ग र रुपन्देहीको समन्ध कसैले छुटाएर नछुट्ने बताउँदै समाजले कसरी धतिवाङमा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा विकासमा पहल कसरी गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा समाजका सदस्य खुमानन्द पौडेलले धातिवाङ्ग चुनाव पछि केही तिक्तता आएको बताउँदै त्यसलाई पनि कसरी मिलाउन समाजले पहल गर्नु पर्ने बताउनु भयो ।
भित्ते पत्रो विमोचन कार्यक्रममा संस्थाका वरिष्ठ सल्लकर हरी प्रसाद पौडेल, जनार्दन पौडेल , वरिष्ठ सदस्य पिताम्बर पाण्डे , सचिव गंगा पौडेल ,कोषाध्यक्ष बाबुराम पौडेल , सदस्य सुमन पौडेल , रामप्रसाद पौडेल , तुलसा पौडेल , सावित्रा पौडेल लगाएको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका सहा सचिव हरी प्रसाद घिमिरेले सञ्चालन गर्नु भएको थियो ।
लेखकको सम्वन्धमा