नयाँवर्षमा खुद्रा किराना ब्यवसायीले गौशाला दिए दानपानी
बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते बुटवलको गौशालामा रहेका गाईगोरुलाई दानापानी खुवाएको छन।
नवनिर्वाचित अध्यक्ष महेन्द्र पोखरेल नेतृत्वको संघले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको नन्दनी गौशालामा रहेका गाईहरूलाई दाना खुवाएको हो ।
सङ्घले नयाँ वर्ष तथा कार्य समितिको सामाजिक कार्यगर्त आज शनिवार नन्नदी गौशालामा रहेको गाईबस्तुहरूलाई भेली,चापड,नुन,एवं घाँस खुवाएको अध्यक्ष पोखरेलले बताए।
कार्यक्रममा मानव अधिकारी तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भटराई, रुपन्देही डेरी व्यवसायी संघ अध्यक्ष रामकृष्ण शर्मा, होटल व्यवसायी सङ्घ रुपन्देहीमा कोषाध्यक्ष माधव ढकाल, खुद्रा किराना व्यवसायी सङ्घका निर्वातमान अध्यक्ष मोहन बस्याल, पूर्व अध्यक्ष केशव कुँवर, सल्लाहकार कृष्ण प्रसाद पाण्डेय,महासचिव दधिराम ज्ञवाली लगायतले नयाँवर्षको अवसरमा पुण्य काम भएको भन्दै नयाँवर्षकोनशुभकामना ब्यक्त गरेम
बुटवलमा छाडा चौपाया (गाईगोरु)का कारणले दुर्घटना बढ्न थालेपछि उपमहानगरले दुई चरणमा गरि ७ सय गाईगोरु गौशालामा ल्याएर संरक्षण गरेको हो।
लेखकको सम्वन्धमा