लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक
कपिलवस्तु । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी समग्र देशकै गहना हो। यहाँ दैनीक हजारौ र वार्षिक लाखौ आन्तरिक तथा बाह्य पर्यटक आउछन।
नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते लुम्बिनी घुम्नेको संख्या १५ हजार रहेको लुम्बिनी बिकास कोषले जानकारी गराएको छ।
मायादेवी मन्दिर प्रवेशमा टिकट लगाएसंगै लुम्बिनी आएको संख्या १५ हजार रहेको लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (शिद्धिचरण)ले जानकारी दिए।
नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख गन्तव्य लुम्बिनीमा नेपालका बिभिन्न ठाँउहरु जस्तै काठमाडौँ, पोखरा, बिराटनगर, कैलाली, कञ्चनपुर, बिर्तामोड, बर्दिया लगायतका जिल्लाबाट पर्यटक आएको कोषले जानकारी गराएको हो।
कोरोना महामारी पछि लुम्बिनी आउने पर्यटकको संख्या कम भएपछि गतवर्ष देखि क्रमशः बढ्दै गईरहेको छ।
लुम्बिनीमा पर्यटकको संख्या बढ्दा पर्यटन ब्यवसायीहरु उत्साहित बनेका छन।
लेखकको सम्वन्धमा