चर्चामा

आम्दा अस्पतालले बुटवलकाे स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण याेगदान गरेकाे छ : नगरप्रमुख पाण्डेय

आम्दा अस्पतालले बुटवलकाे स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण याेगदान गरेकाे छ : नगरप्रमुख पाण्डेय
0 0
Read Time:2 Minute, 33 Second

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउनु पर्ने र यसका लागि आफूले पहल गरिहेको बताएका छन् ।

Advertisement

सोमबार आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले नयाँ वर्ष २०८१ को अवसरमा संचारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवललाई स्वास्थ्य क्षेत्रमा बलियो बनाउनका लागि आफूले पहल गरिहेको बताए ।

साथै प्रमुख पाण्डेयले स्वास्थ्य क्षेत्रको आशाको केन्द्र आम्दा अस्पताल भएकाले सेवा विस्तारलाई फराकिलो बताउनु पर्ने बताए । ‘बुटवलको स्वास्थ्य क्षेत्रका लागि आशाको केन्द्र आम्दा अस्पताल पनि हो । यहाँ सेवा विस्तारका लागि नगरपालिकाको तर्फबाट गर्नु पर्ने सबै प्रकारका सहयोग गर्न तयार छु ।’–उनले भने ।

यस्तै मेसु डा. विनोद पराजुलीले आम्दालाई गैरनाफामूलक आत्मनिर्भर अस्पताल बनाउनु पर्ने र अस्पतालले पश्च्मि नेपालका बालबालिका तथा महिलालाई सेवा प्रदान गरिरहेको बताए।

यस्तै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालले समय सापेक्ष रुपमा अस्पतालको सेवा विस्तार गर्नु बताए । साथै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले आम्दा अस्पतालले अझ बढी गुणस्तरी सेवामा ध्यान दिनु पर्ने बताए ।

शुभकामना कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवनीप्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसी, प्रेस चौतारी नेपालका रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका रुपन्देही अध्यक्ष कविन्द्र नेपाल, प्रगतिशिल पत्रकार संघका श्यामलाल पोखरेल लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %