चर्चामा

चलचित्र मनसराको टिम बुटवलमा

चलचित्र मनसराको टिम बुटवलमा
0 0
Read Time:2 Minute, 55 Second

आगामी बैशाख २१ गते देखी देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र मनसराले बुटवलमा पत्रकार सँग भेटघाट गरेको छ । चलचित्रको प्रर्दशन मिती नजिकिदै जादाँ यतिबेला चलचित्र मनसराको टिम देश व्यापी रुपमा प्रचार प्रसारमा जुटेको छ

चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको मनसरा टिम सँगको पत्रकार सम्मलेनमा बोल्दै चलचित्रका निर्देशक, लेखक तथा कवि उपेन्द्र सुव्वाले चलचित्र मनसरामा बिशेषत नेपाली समाजमा पाइने खुवा ( दुध बाट बन्ने परिकार ) र प्रेमको समिश्रण पाईने बताउनु भयो । उहाँले भन्नु भयो “मिठो खुवा बनाउनलाई शुद्ध दुध आवश्यक हुन्छ । त्यस्तै  प्रेमलाई पनि सफा र निष्कपट मन चाहिन्छ । ” चलचित्र मनसराले खुवा र प्रेमको बिषयलाई देखाउन खोजेको बताउनु भयो ।

Advertisement

बिशेषत ललितपुर र पुर्वि नेपालका विभिन्न स्थानमा छायंकन गरिएको यस चलचित्रमा दयाह्याङ्ग राई, मिरुना मगर, प्रविन खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको प्रस्तुती रहेको छ ।

पत्रकार सम्मलेनमा बोल्दै चलचित्रकी नायिका मिरुना मगरले मनसरामा एउटा ग्रामिण समाजमा खेति किसानी गर्ने कृषक र उसको कर्म सँगै प्रेमको बिषय रहेकोले यस चलचित्रलाई पनि यस अगाडीको चलचित्र जस्तै दर्शकको माया पाउने कुरामा आफु आशावादी रहेको बताईन । यस्तै अर्कि नायिका मेनुका प्रधानले चलचित्र मनसराको कथा बस्तुले नै आफुलाई मनसरमा अभिनय गर्न लालयित बनाएको बताउदै चलचित्र मनसरा खुवा जस्तै मिठो भएको बताईन । चलचित्रका कलाकार तथा अभिनेता पवन खतिवडाले मनसराले आर्गनिक मनोरन्जन सँगै राम्रो सन्देश दिन खेजेको बताए ।

देशका विभिन्न स्थामा कविता कन्र्सट सँगै चलचित्र मनसराको प्रोमोसनमा देश दौडामा रहेको छ । कबडि फिल्मको व्यानमारमा निमार्ण भएको चलचित्र मनसरालाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । निर्देशक सुब्बा स्वंयमको लेखन रहेको यस चलचित्रका निर्माता शैलेन्द्र ध्वज कार्की रहेका छन् भने कार्यकारी निर्माता सिजन दाहाल रहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %