यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित ३१ परिवारलाई राहत
![यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित ३१ परिवारलाई राहत यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित ३१ परिवारलाई राहत](https://satyadeepsandesh.com/wp-content/uploads/2024/04/Messenger_creation_2bf2b78d-78ee-47e4-a9fe-a99f7ced74cf.jpeg)
Read Time:1 Minute, 8 Second
कपिलवस्तु । जिल्लाको यशोधरा गाउँपालिकाका आगलागी पीडित ३१ घरपरिवारलाई राहत प्रदान गरिएको छ। गाउँपालिका,दलित सामाजिक विकाश केन्द्र र युनाईटेड मिसन टु नेपालले यशोधरा गाउँपालिका वडा १ पकडी र राजापुरमा गत वैशाख ७ गते भएको आगलागीका पीडित ३१ घरहरूलाई राहत सामाग्री बितरण गरिएको हो।
प्रतिपरिवारलाई ९ हजार १ सय ६८ बराबरको सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले बताए।
राहत स्वरूप ४० किलो चामल , ६ किलो दाल , ५ लिटर तेल, २ किलो दालमोट , १ काटुन चाउचाउ , २० किलो पिठो , २० किलो चियापती लगायतको समान दिएको यनाईटेड मिसन टु नेपाल बिपद ब्यवस्थापन फोकल पर्सन मीलसेन श्रेष्ठले जानकारी दिए ।
लेखकको सम्वन्धमा