दुई सातामै लुम्बिनी सरकार संकटमा, जसपाका मन्त्री फिर्ता

दुई सातामै लुम्बिनी सरकार संकटमा, जसपाका मन्त्री फिर्ता
0 0
Read Time:2 Minute, 20 Second

दाङ। जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट फिर्ता भएको छ । जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले कृषिमन्त्रीबाट राजीनामा दिएका छन् ।

Advertisement

उनले पार्टी केन्द्रको निर्देशनमा शनिबारै राजीनामा बुझाएका हुन् । जसपाले लुम्बिनीमा आफ्नो पार्टीलाई दुई मन्त्रालय चाहिने माग गरिरहेको थियो । तर, मुख्यमन्त्री जोखबहादुर महराले एक मात्र मन्त्रालय दिएपछि जसपा सरकारबाट बाहिरिएको हो ।

मुख्यमन्त्री महराले २५ चैतमा बिनाविभागीय मन्त्री बनेका अहिरले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी पाएका थिए । अहिरले पार्टीको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताएका छन् । मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति कार्यान्वयन नगरेको जसपाको आरोप छ ।

‘हामिलाई दुई मन्त्रालय दिने भनेर सहमति भएको थियो । तर एउटा मात्रै मन्त्री पायौँ त्यसैले राजिनामा दिएका हाैँ,’ जसपाका प्रदेश अध्यक्ष अशोक यादवले शिलापत्रसँग भने, ‘गठबन्धन भन्ने तर सहमति कार्यान्वयन नगर्ने त भएन नि ।’ सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनले बताए । उनले भने, ‘हामीले मन्त्री मात्रै फिर्ता बोलाएका हौँ । तर सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँ । ‘

सरकारको स्थिरतामा भने अन्योलता भने सिर्जना भएको छ । नेकपा एकीकृत समाजबादीलाई पनि मन्त्री दिने वा नदिने विषयमा बिबाद भएपनि अन्तिम समयमा मन्त्री दिइएको थियो । जसपा का ३ सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ ।

Grammar School
जसपा सरकारबाट फिर्ता भएसँगै महरा नेतृत्वकाे लुम्बिनी सरकार संकटमा परेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %