चर्चामा

बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र
0 0
Read Time:2 Minute, 59 Second

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ ।

Advertisement

कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो ।

बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार मेयर खेलराज पाण्डेयले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मेयर पाण्डेयले जनसंख्याका आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए । ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ ।’

उनले स्थानीय स्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरूको संलग्नतामा बडापत्र तयार गरिएकाले भूगोलअनुसार भाषामा फरक आउन सक्ने बताए । कार्यक्रममा उपमेयर सावित्रादेवी अर्यालले बुटवलले सबै जाति, भाषा, संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चार भाषामा बडापत्र तयार गरिएको बताइन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारु भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या छ । बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामका सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् ।

कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ ।

बडापत्रलाई पुस्तकका रूपमा प्रकाशन गरिएको र छिट्टै नै डिजिटल रूपमा सबै वडामा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %