नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आफ्ना सदस्यहरुलाई क्षमता विकास तालिम शुरु

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आफ्ना सदस्यहरुलाई क्षमता विकास तालिम शुरु
0 0
Read Time:2 Minute, 28 Second

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुलाई क्षमता विकास तालिम शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुई दिने तालिम बुटवलमा शुरु भएको हो ।

Advertisement

तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले पत्रकारिताको माध्यमबाट कार्यलहरुलाई पृष्ठपोषण गर्ने कार्य प्रभावकारीता बृद्धी हुने गरेको बताए । उनले पत्रकारितालाई सत्यतामा आधारित रहि आचारसंहितालाई टेकेर पत्रकारिता गर्न आग्रह गरे । उनले ७५३ वटै पालिकाले नै म राम्रो भन्ने अभिव्यक्ति दिएपनि को उत्कृष्ठ भन्ने पत्रकारिताले देखाइदिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारहरुमा समेत आत्मसमिक्षाको आवश्यकता औल्याउँदै प्रविधिमैत्री पत्रकारिता अवको आवश्यकता रहेको बताए ।

प्रेस युनियन रुपन्देहीका संस्थापक सभापति बाल नरसिंह गुरुङले निश्पक्ष, निर्भिक र निडर भएर पत्रकारिता गर्न आग्रह गरे । कार्यक्रममा बरिष्ठ पत्रकार माधव नेपालले तालिमको सहजिकरण गर्दै पत्रकारितामा रुपन्देहीको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

पूर्व सभापति हरिष ढकालले अब डेप्थ पत्रकारिता गर्न आवश्यक रहेको बताए । निवर्तमान सभापति रेखा भुसालले समाचार लेख्दा निष्पक्ष भएर लेख्न र पुर्नताजगी तथा क्षमता बृद्धि गर्ने तालिम गर्नुपर्ने बताइन।

कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको दोस्रो दिन शुक्रबार डिजिटल पत्रकारिता तालिम सञ्चालन हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %