सकियाे प्रेस युनियन रुपन्देहीको दुई दिने क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा सदस्यहरुको क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम समापन भएको छ ।
समापन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संगठनका पत्रकारहरुले पनि सतहमा रहेर पत्रकारिता गर्नुपर्ने बताउँर्दै यसो गरेमा मात्रै पत्रकारिता क्षेत्रको गरिमा बचिराख्ने बताए ।
उनले तालिमको लागि तालिम भन्दापनि सिकेका कुरालाई व्यवहारमा उतार्ने तालिम अहिलेको आवश्यकता रहेको बताए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बिहिबार र शुक्रबार गरि दुई दिन सञ्चालन भएको तालिमको दोस्रो दिन बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपि खनालले डिजिटल पत्रकारिता तथा मिथ्या सुचनाको बारेमा सहजिकरण गरेका थिए ।
तालिमको उद्धाटन बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले गरेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,बरिष्ठ पत्रकार माधव नेपाल लगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा सहभागि मध्यबाट केहीलाई लेखनबृत्ति समेत प्रदान गरिन सचिव ज्ञवालीले जानकारी दिए ।
लेखकको सम्वन्धमा