युवा उद्यमी मञ्च रुपन्देहीद्वारा पहिलो बि टु बि कनेक्ट-२०२४
अर्जुन ज्ञवाली/ बुटवल । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा बैशाख १५ गते शनिवार बि टु बि कनेक्ट -२०२४ हुने भएको छ । नेपालमै पहिलो पटक नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा सम्पन्न गर्दैछ । कार्यक्रममा युवा उद्यमी मञ्चका नेपालभरका शाखाका प्रमुख एवं सदस्यहरुको सहभागीता रहनेछ ।
चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सबै सदस्य तथा प्रतिनिधीहरुको सहभागीता हुने आयोजक संस्था युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिनुभयो । बि टु बि कनेक्ट -२०२४ को सबै तयारी पुरा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर पवित्र बहादुर गौतमले सहजीकरण गर्नुहुनेछ । यस्तै मुख्य वक्ताको रुपमा मान्सी अग्रवाल रहनुभएकोछ । उहाँहरुले उद्यमशील नेटवर्किङ सम्बन्धि तालिम प्रदान गर्ने तथा बि टु बि सत्र संचालन गर्ने बताइएकोछ ।
युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामोसमय देखि युवा उद्यमीहरुको पक्षमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसभन्दा पहिला युवा उद्यमशिलता विकासको लागि उत्प्रेणात्मक कार्यक्रम गरेको थियो । मञ्चले जुत्ता मेला , युवा उद्दमशिल सम्मेलन, युवा उद्दमशिल बुटक्याम्प, नेपालमा उत्पादित बस्तु मेडईन नेपाल मेला समेत आयोजना गर्दै आएको छ ।
लेखकको सम्वन्धमा