चर्चामा

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीद्वारा नेपालमा पहिलोपटक बि टु बि कनेक्ट-२०२४ कार्यक्रम सम्पन्न

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीद्वारा नेपालमा पहिलोपटक बि टु बि कनेक्ट-२०२४ कार्यक्रम सम्पन्न
0 0
Read Time:4 Minute, 11 Second

अर्जुनदृष्टि ज्ञवाली / बुटवल। युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा बि टु बि कनेक्ट २०२४ कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

देशभरका युवा उद्धमीको सहभागीतामा बि टु बि कनेक्ट २०२४ नेपालमै पहिलो पटक रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित टाईगर प्यालेस रिर्सोटमा सम्पन्न भएको हो ।

बि टु बि कनेक्ट २०२४ कार्यक्रम बि टु बि अर्थात् व्यावसाय देखि व्यावसाय सम्म यो एक व्यापारिक अवस्था सृजना गर्ने कार्यक्रम हो जसमा दुवै व्यापारीहरू एक आपसमा तत्परतामा आउँदछन् र उनीहरु बिच अन्तर्क्रिया, सहयोग, वस्तु-सेवा विनिमय आदि गर्दछ।

यो कार्यक्रमले व्यवसायीहरूलाई नयाँ उत्पादन र सेवाहरूको जानकारी प्राप्त गर्न, व्यापारि, उद्योगी, उद्दमी, प्रतिष्ठानहरु बिच सम्पर्कहरू बढाउन र उच्च नेटवर्किङको अवसर प्रदान गर्दछ । बि टु बि कार्यक्रमले आफ्नो व्यवसायका लागि नयाँ निर्देशिका र सम्बन्धहरू प्राप्त गर्न सहयोगी सिद्ध भएको सहभागीहरुले बताएकाछ्न ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका देशभरका शाखाका प्रमुख तथा सबै सदस्यहरुको सहभागीता रहेको थियो । मुख्यवक्ताको रुपमा कर्पोरेट प्रशिक्षक मान्सी अग्रवाल हुनुहुन्थ्यो । उहाँले युवा ब्यापारिक प्रर्वद्धनको लागि युवाहरुमा उद्यमशीलता निपुर्णता हुनुपर्ने बताउनुभएको थियो । अबको युवा भनेको उद्यमशिलतामा जोड दिदै यसको लागि योजनाबद्ध लक्ष्यको विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले युवा उद्यमशिलता नै मुलुकको समृद्धिको आधार भएकोमा जोड दिनुभयो ।

नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर तथा बि टु बि सत्रका सहजकर्ता पवित्र बहादुर गौतमले बि टु बि कार्यक्रम युवा उद्धमी बीच व्यवसाय देखी व्यवसाय सम्मको जानकारी, भेटघाट, प्रतिस्पर्धा, अनुसन्धान र व्यवसायिक संयोजन गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले युवाउद्यमीहरु विच सहकार्य र सोही अनुसार योजना बनाएर जाने हो भने सबै युवाहरूको आर्थिक उत्थान हुने बताउनुभएको थियो।

सम्मेलनमा चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाहरुबाट युवा उद्यमी मञ्चका सदस्य तथा प्रतिनिधीहरुको सहभागीता रहेको आयोजक नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा युवा उद्यमीहरुको विचमा आफ्नो ब्यापार प्रर्वद्धन गर्न विभित्र क्रियाकलाप गराइएको थियो। नेपाली युवा उद्धमी मञ्च रुपन्देहीले विगत लामोसमय देखि युवा उद्यमीशिलता सम्बन्धि विभिन्न कार्यहरू गर्दै आएको छ । केही महिना पहिला नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले राजधानी बाहिर पहिलोपटक युवा उद्दमशिलता बुटक्याम्प २०२३, त्यस्तै तेस्रो युवा उद्धमी सम्मेलन २०२४ र पर्यटन विकासको लागि रिट्रीट कार्यक्रम सम्पन गरेको थियो ।

यो पनि पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीद्वारा पहिलो बि टु बि कनेक्ट-२०२४

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %