बुद्ध जयन्तीमा बुटवल लेडि जेसिजद्वारा बुद्धवाणी ज्ञान प्रवचन, ध्यान तथा दीप प्रज्ज्वलन

बुद्ध जयन्तीमा बुटवल लेडि जेसिजद्वारा बुद्धवाणी ज्ञान प्रवचन, ध्यान तथा दीप प्रज्ज्वलन
0 0
Read Time:2 Minute, 42 Second

बुटवल । २५ सय ६७ औँ बुद्ध जयन्तिको अवसरमा बुटवल लेडी जेसिजले पवित्र बुद्धवाणी ज्ञान प्रवचन, ध्यान तथा दीप प्रज्ज्वलन गरेको छ।
बुटवल–३ सिद्धबाबा धाममा रहेको बुद्ध स्तूपमा बिभिन्न सजावटका साथ स्तुपाको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रमको उदघाटन बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रेखा शर्मा कट्टेलले गर्नुभएको थियो । कार्यक्रममा बुटवल लेडी जेसीजका निवर्तमान अध्यक्ष अनुपमा श्रेष्ठले योग, ध्यान गराई बुद्धका मन्त्र तथा वाणी प्रवचन गरी विश्व शान्तिका अग्रदुत गौतम बुद्धका महान वाणिले मानिसको जीवनमा ठुलो महत्त्व राख्ने बताईन।
शान्तिका अग्रदुत गौतम बुद्धको शान्तिभुमी लुम्बिनी क्षेत्र भित्रै कृयाशिल सामाजिक संस्था बुटवल लेडी जेसीजले सिद्धबाबा धाम दर्शन गर्न आउने भक्तजनको समेत ध्यान जान नसकेको बुद्ध स्तूपमा सबैको ध्यानाकर्षणका गराउँदै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उदेश्यले बुद्ध जयन्तीको अवसर पारेर यो ठाउँमा गत वर्ष पनि कार्यक्रमको आयोजना गरेको र यसलाई निरन्तरता दिईरहने बुटवल लेडि जेसिजका अध्यक्ष कमला लम्सालले बताईन।
स्तूपलाई अझ रंग रोगन र सजावट गरि आकर्षक बनाउन पहल गरिने संस्थापक अध्यक्ष सिनेटर रेखा शर्मा कट्टेलको भनाई छ।
कार्यक्रममा सिद्धबाबा धामका अग्रज मुख्य पूजारी यमलाल उपाध्याय, सिद्धबाबा धाम बिकास सञ्चालक समितीका पदाधिकारीहरु, सामाजिक व्यक्तित्व, अभिभावक एवं सदस्यहरुको सहभागीता रहेको थियो ।
योग तथा प्रवचन कार्यक्रममा जेसीज आस्था संगीता मरासिनी, स्वागत संयोजक सदस्य जेसी बिनुदेवी रिजालले गरेकि थिइन ।
कार्यक्रमको संचालन बुटवल लेडी जेसीजका महासचिव जेसी रुपा श्रेष्ठ पाठकले गरेकी थिइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement