दुर्घटना रोक्न छाडा चौपाया ब्यवस्थापनमा सकृय सिद्धार्थनगर
बुटवल । भैरहवामा होटल सञ्चालन गर्दै आएका कमल
शर्मा बिमानस्थलमार्फत आएका सेवाग्राहीलाई लिएर होटल फर्कन्छन। सोही क्रममा बिमानस्थलबाट फर्किदा दुर्घटनामा परे। कारण एउटा मात्रै थियो छाडा चौपाया।
गाईगोरु तर्काउदै हिड्नुपर्दा दुर्घटनाको जोखिम बढि हुने समस्या देखेका आचार्य आजभोलि भने सडकमा नगन्य मात्रै गाईगोरु देख्छन। दुर्घटनाको जोखिमको डरमा हिड्ने उनी मात्र होइन बुटवल भैरहवा स्करपिओ चलाउने टेकु थापा पनि अन्य पालिकामा भन्दा भैरहवामा शुरक्षित महसुस हुने बताउछन।
बिमानस्थलबाट आउने र विभिन्न स्थानमा पुग्ने यात्रुलाइ पुर्याउने उनले पछिल्लो समय सिद्धार्थनगर क्षेत्रमा चौपायाको कारणलले डर मान्नु नपर्ने अवस्था आएको बताए। नगरपालिकाको यो काम प्रभावकारी बनेको उनको भनाई छ।
गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल तथा भैरहवा क्षेत्रमा आसपासमा छाडा चौपाया आउँदा दुर्घटना जोखिम बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ब्यवस्थापन गर्दै आएको हो। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाई‐गोरु) व्यवस्थापन गर्दै आएको हो। गत पुस ४ गते देखि शुरु भएको यो कार्य निकै प्रभावकारी बन्दै गएको भन्दै स्थानीय खुसी छन।
बुद्धचोकमा फलफुल राख्ने बिरेन्द्र कलवार पहिले छाडा चौपायाको कारणले एकैछिन पनि पनि छोड्न नसकिने अवस्थामा पुगेको भएपनी नगर सरकारले चौपाया ब्यवस्थापन गरेपछी निकै सहज भएको बताउछन। उनी भन्छन,’बहुत खुसी छु,आजभोली गाईगोरु आउदैनन। ब्यवसाय नभएपनि गाईगोरुले नखाईदिदा अच्छा लाग्छ।’
यसरी संभव भयो योजना
छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेकोले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया (गाई‐गोरु) व्यवस्थापन गर्न सुरु गरेको नगरप्रमुख ईश्तियाक अहमद खानले बताउछन।
‘छाडा छाडिएको गाई गोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ’ उनले भने, ‘सुन्दर नगर बनाउनमा नगरवासीले पालेका गाई गोरु पनि अबदेखि छाडा नछाडने हामी विश्वस्त छौँ ।’
‘नगरपालिकाको मुख्य समस्यामध्ये एक छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेका हौं ’ नगरप्रमुख खानले भने ।नगर क्षेत्रमा देखिएका समस्या क्रमशः प्राथमिकताका आधारमा समाधान गर्दै लगिने उनको भनाइ छ ।
अन्य पालिका, खुल्ला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । छाडा चौपायाले नगर सौन्दर्यकरणका लागि लगाइएका फूल विरुवा, धानखेत लगायतमा नोक्सानी भएको छ ।
भारतबाट छाडा गाई गोरुको प्रवेश नियन्त्रणका लागि सशस्त्र प्रहरी र छिमेकी पालिकाबाट प्रवेश नियन्त्रणका लागि नेपाल प्रहरीले सहयोग गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।
व्यवस्थापनका लागि नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा नगर क्षेत्रबाट छाडा चौपायालाई एकत्रित गरी राख्न सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
तत्कालका लागि छाडा चौपायालाई एकत्रित गरेर राख्न व्यवसायी कृष्ण प्रसाद शर्माले होलिडङ सेन्टको रुपमा जग्गा उपलब्ध गराएका छन् ।
नगरपालिकाको कार्यालयले एकत्रित गरेको छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने उनले बताए । उनका अनुसार केन्द्रले उक्त चौपायाहरुको स्वास्थ्य स्थिति लगायत अवस्थाबारे नगरपालिकाको कार्यालयलाई जानकारी समेत गराउनेछ ।
नगरपालिकाको कार्यालयले वडा नम्बर ११ स्थित नगरपालिकाको स्वामीत्मा रहेको जग्गामा कान्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बताउछिन । उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गरिने उनले बताइन् । केही नगरवासीले गाई गोरु दिउँसो गोठमा राखेर साँझ छाड्ने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न उनले आग्रह गरिन् ।
लेखकको सम्वन्धमा