अभिनेता दिनेश खड्का भन्छन्, ‘नेपाली फिल्म उद्योग देखेर छक्क पर्छु’

अभिनेता दिनेश खड्का भन्छन्, ‘नेपाली फिल्म उद्योग देखेर छक्क पर्छु’
0 0
Read Time:3 Minute, 27 Second

अभिनेता दिनेश खड्काले धेरै चलचित्रमा काम त गरेका छैनन्, तथापी उनले जे जति प्रोजेक्टमा काम गरेका छन्, ति सबैजसो चलचित्रलाई दर्शकले मन पराएका छन् । उनको अभिनय हेर्ने सबैले चलचित्र उद्योगमा भविष्य रहेको आँकलन गर्छन् । उनै अभिनेताको मुख्य भुमिका रहेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ आगामी जेठ २६ मा देशभरका हलमा रिलिज हुँदैछ । उनै अभिनेतासँग  संक्षिप्त अन्तरवार्ता ।

Advertisement

कसरी दिन कट्दैछ ?
दिनभरी फिल्मको प्रमोशन भइरहेको छ । विहानदेखि साँझसम्म चलचित्रको प्रमोशनमै ब्यस्त छु ।

वेलकम टु हेम्जाकोटमा तपाईँको भुमिका कस्तो खालको हो ?
सायद ट्रेलर हेरेर होला धेरैले मलाई भिलेन क्यारेक्टरमा काम गरेको भन्नुभएको छ । मुख्य भुमिकामा एउटा वलियो पात्रमा काम गरेको छु । धेरै कुरा हलमा पुगेपछि थाहा हुनेछ । म यो चलचित्रबाट असाध्यै धेरै आशा र अपेक्षा गरेको छु । चलचित्रले भन्न खोजेको कथा अहिलेको समसामयिक परिवेशमा आधारित रहेकाले पनि चलत्रि चल्ने र यसले राम्रै आम्दानी गर्ने पनि मैले अपेक्षा गरेको छु ।

चलचित्र उद्योगबारे तपाईँको गुनासो, भनाईँ अथवा धारणा के छ ?
लामो समयदेखि यो उद्योगलाई बुझेको छु । नेपाली चलचित्र उद्योगमा संघर्ष गर्न लागेको धेरै भयो । तर, हाम्रो चलचित्र उद्योग त्यत्ति व्यवसायिक बन्न सकेको छैन । यदि चलचित्र उद्योग व्यवसायिक बन्न सफल भयो भने यहाँ सक्रिय हजारौंको करिअर राम्रो हुन्छ, यस उद्योगप्रति धेरैको चासो बढ्छ । उद्योगको मार्केट झन् बढ्छ । कुनैबेला साउथ इण्डियन फिल्मलाई कति हेपिन्थ्यो, अहिले साउथ इण्डियन फिल्म कहाँ पुग्यो, त्यो सबैलाई थाहा छ । तर, राज्य र देश चलाउने नेतृत्वमा पुगेकोले चलचित्र उद्योगको भविष्यबारे चिन्तित हुन सक्यो भने हाम्रो उद्योगको पनि भविष्य छ ।

चलचित्र उद्योगभित्र पनि अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि ?
हो, यहाँ मिलेर राम्रो काम गरौं, सबै अघि बढौं भन्ने कसैमा छैन । यहाँ आवद्ध हजारौं कलाकार, टेक्निसियन, चलचित्रकर्मीको आशाको उद्योग बनाउन व्यक्तिगत रुपमा पनि पहल भएको हुनुपर्नेहो । तर, अस्वस्थ प्रतिस्पर्धा, खुट्टा तानातानमा अल्झिएको देख्न दुःख लाग्छ । तर, सबै मिल्नेहो यो उद्योग धेरै माथि पुग्ने पक्का छ ।

यो पनि पढ्नुहोस
वेलकम टु हेम्जाकोट टे्रलर सार्वजनिक,‘कमेडी शैलीमा समाजको वास्तविक चित्र’ प्रस्तुत

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %