बुटवलमा खुल्यो द चकलेट रुम

बुटवलमा खुल्यो द चकलेट रुम
0 0
Read Time:2 Minute, 18 Second

बुटवल । सम्पूर्ण चकलेटका परिकार सहित स्टार लिजर प्रालीले बुटवल ११ कालिकानगरमा द चकलेट रुम सञ्चालनमा आको छ।

Advertisement

चकलेट रुम नामक अस्ट्रेलियाको ब्राण्डलाई नेपालमा ल्याएर दोस्रो साखाको रुपमा बुटवलमा सञ्चालनमा ल्याईएको हो। काठमाडौ पछि बुटवलमा सञ्चालनमा आएको द चकलेट रुममा पेमा खनाल र सुधा यादबको संयुक्त ३० लाख लगानी रहेको छ।

चकलेट आईटमहरु बेल्जियम फ्र्यापी ,ग्रानिटा मोक्टेल , ब्यानोफी पाईसेक, सार्वाधिक बिक्री हुने चकलेट बम,चकलेट लाभा,चकलेट सनडे,स्पेसल प्यानकेक लगायतका मुख्य आकर्षण रहेको सल्लाहकार यज्ञ न्यौपानेले जानकारी दिए।

१२ देशमा ३५० बढी आउटलेट भएको यसको बिदेशमा भ्रमणको समयमा पुगेको बेला देखेको ब्राण्डलाई नेपाल भित्र्याउनको लागि नेपाल ल्याईएको न्यौपानेले जानकारी दिए।

भारतको अहमदाबादमा फ्याक्ट्री रहेको द चकलेट रुमको एकैप्रकारको टेस्ट प्रदान गर्न अहिले २ जना कम्पनीबाट आएर काम सिकाईरहेको न्यौपानेले जानकारी दिए।

द चकलेट रुमको ८ वर्षीया प्रीयना न्यौपानेले रिबन काटेर उद्घाटन गरेकी हुन। रुमले ७ जनालाई रोजगारी प्रदान गरेको छ। ११० रुपैयाँ देखि ५५० रुपैया सम्मका चकलेटहरु यहाँ रदान गरेको बताउदै उद्घाटनको १ महिना सम्म मेन्युमा २० प्रतिशत छुटको ब्यवस्था गरेको सञ्चालले जनाएका छन।

पारीवारिक बाताबरण र बच्चा लाई लक्षित गरि सञ्चालनमा आएको द चकलेट रुमका छिटोभन्दा छिटो विभिन्न सहरमा आउटलेट खोल्ने र छिट्टै मोवाइल एप मार्फत अर्डरको समेत ब्यवस्थापन गरिने बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %