चर्चामा

बालेन झण्डै दोब्बर मतले लम्किरहँदा स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर

बालेन झण्डै दोब्बर मतले लम्किरहँदा स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर
0 0
Read Time:1 Minute, 10 Second

काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले १,२,३, ४ र ३२ गरी पाँचवटा वडाको मतगणना भइरहेको छ । यी पाँचवटै वडाको मतपरिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ ।

Advertisement

अहिलेसम्म ४ हजार ४ सय ५३ मतगणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रता बढाएका छन् । उनी दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापित र तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहभन्दा निकै अगाडि देखिएका छन् ।

निर्वाचन कार्यालयले बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार साहले १५ सय ८७ मत पाएका छन् ।

एमालेका स्थापितले ८ सय ८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २२ मत पाएकी छन् । सिर्जनाले भने स्थापितसँगको मतान्तर घटाएकी छन् । उनीहरूको मतान्तर ६५ छ । स्थापित र बालेनकाे मतान्तर ७०० छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %