शपथ लिदै सिद्धार्थनगरका नवनिर्वाचित प्रमुख खानले भने– प्रतिबद्धतापत्रका सबै काम पूरा गर्छु
![शपथ लिदै सिद्धार्थनगरका नवनिर्वाचित प्रमुख खानले भने– प्रतिबद्धतापत्रका सबै काम पूरा गर्छु शपथ लिदै सिद्धार्थनगरका नवनिर्वाचित प्रमुख खानले भने– प्रतिबद्धतापत्रका सबै काम पूरा गर्छु](https://satyadeepsandesh.com/wp-content/uploads/2022/05/received_1086358585317816.jpeg)
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार शपथ लिएका छन् । उनीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सिद्धार्थनगरका निर्वाचित नगर प्रमुख इस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश धनसिंह महराले शपथ ग्रहण गराएका हुन् । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरूलाई शपथ ग्रहण गराएका छन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्या हटाउन नाला सफाई, क्रिया पुत्री भवनलगायतको कामलाई प्राथमिकता दिँदै महिला विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए ।
उनले आफुले पाएको मत बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता जनाउँदै भएका वृक्षहरूको संंरक्षण र सम्बर्द्धनमा पनि नगरपालिका पछि नपर्ने बताए ।
सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसका इस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन् ।
लेखकको सम्वन्धमा