चर्चामा

राप्रपाकी ‘कान्छी भगवती’ भन्छीन : म मौषमी राजनीति गर्दिन, एजेण्डा छोड्दिन्

राप्रपाकी ‘कान्छी भगवती’ भन्छीन : म मौषमी राजनीति गर्दिन, एजेण्डा छोड्दिन्
1 0
Read Time:4 Minute, 14 Second

बुटवल । २५ वर्षयता नेकपा एमालेको किल्ला ढलेको बुटवलमा चर्चामा रहिन राप्रपा बाट उपमेयर पदकी उम्मेद्वार भगवती पाण्डे ‘कान्छी भगवती’ । मनोनयन देखि नै चर्चामा रहेकी उनले सम्मानजनक मत पाएपनि बिजयी हुन सकिनन् । २५ वर्षीया पाण्डेले ६ हजार ८ सय २० मत प्राप्त गरेकी छन् ।

Advertisement

आफुले प्राप्तगरेको मतको बारेमा उनले आफु बुटवलबासीको मनमा बस्न सफल भएको बताउँछीन् । न्युन खर्चमा चुनाव लढेको बताउने उनी प्रचारको कमिकै कारणले केही पछाडि परेको बताईन् । उनी भन्छीन्, ‘ मलाई एमाले, कांग्रेस सबैले भोट हाल्नुभयो । तरपनि अझै प्रचार प्रसार गर्न पाईन्, उपमेयरमा राप्रपामा मतदान गर्दा बदर हुन्छ भनेर भोट हालीन भन्ने धेरै भेटेँ, मतदाता शिक्षाको पनि अभाव भयो ।’ पाण्डे राजनीतिमा छोटो र कम अनुभव रहेकी युवा नेतृ हुन् ।उनको उम्मेद्वारी उनलाई मात्रै होइन ठूला दल र तीनका प्रतिनिधिलाई पनि चूनौती थियो ।

जम्मा ६२ हजार १ सय १ मत खसेको बुटवलमा उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धी थिए । विजेता नेकपा एमालेकी उम्मेद्वार सावित्रा अर्यालले २५ हजार ६१ मत प्राप्त गरिन् । उनका प्रतिष्पर्धी ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीका चिन बहादुर गुरुङले १७ हजार २३ मत प्राप्त गरेका छन् ।

प्रतिष्पर्धामा तेस्रो स्थान हासिल गरेकी पाण्डे आफू सफल भएको दावी गर्छिन् । ‘राजनीतिमा धेरै अनुभव भएका ठूला दलका प्रतिनिधिहरु हुनुहुन्थ्यो, अझै उहाँहरु गठबन्धनबाट पनि हुनुहुन्थ्यो , ठूला दल, शिर्ष धेरै दलको गठबन्धनसँग एकल प्रतिष्पर्धा आँफैमा चूनौती हो । मलाई विश्वास गरेर पार्टीले अगाडि सारेपछि मैले हिम्मतका साथ चुनावमा प्रतिष्पर्धा गरे । मैले पाएको मतले भन्छ विजेता नै नभएपनि पराजित भने होइन । बुटवलका ६ हजार बढीले मत दिनुभयो , हजारौंले मन दिनु भएको छ , उहाँहरुले अर्कोपटक मत पनि दिनुहुन्छ ।’

आफु चुनावको बेलामा आउने मौषमी राजनिति नगर्ने बताउने उनी सक्रिय भएर राजनितिमा लाग्ने बताईन् । निर्वाचनमा पछि परेपनि बुटवलका सरोकारका विषय र आफ्ना एजेण्डामा भनेपछि नपर्ने उनी बताउँछिन् । चुनावी नतिजामा पछि परेपनि आफ्नो भूमिका र एजेण्डामा अडिग रहेको बताउने उनी निर्वाचित प्रतिनिधि र स्थानीय सरकारलाई खबरदारी गर्दै राम्रा कामको सिको गर्दै अगाडि बढ्ने बताउँछीन् ।

सम्पन्न स्थानीय तहको निर्वाचन र मतपरिणमले आफूमा थप उत्साह र प्रेरणा जागेको पाण्डे बताउँछिन् । उनी भन्छिन् ‘यस चुनावले मलाई धेरै सिक्ने, मतदाताको घरमा पुग्ने, थप बुझ्न अवसर मिल्यो । अझै भनौं भने अनुभवी नेता तथा नेतृहरुसँगको प्रतिष्पर्धा, जनताको मत र प्रतिक्रियाले निकै उत्साह र प्रेरणा मिलेको छ । उहाँहरुको विश्वास र आशालाई सम्मान गर्दै आगामी दिनमा अगाडि बढ्ने छु । मलाई निर्वाचनमा सहभागि हुनदेखि अत्यधिक मत प्राप्त गर्न र धेरैको मन जित्ने अवस्थासम्म साथ दिनुहुने सम्पूणर्मा हार्दिक आभारसहित धन्यवाद दिन चाहान्छु ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %