एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा
Read Time:1 Minute, 7 Second
बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिगत ११ महिना देखि गर्दै आएको लुम्बिनी प्रदेशसभाको अवरोध बिनासर्त खोलेको हो । एमालेले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो ।
पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरुलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो ।
तर,आज १ बजे बसेको प्रदेशसभाको दशौं अधिवेशनको दोस्रो बैठक एमालेले अवरोध गरेको छैन। प्रायः बैठकमा कम आउने एमाले ससदीय दलका नेता एव पुर्व मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन समेत गरेका छन।बजेट, नीति तथा कार्यक्रमको तयारीलगायतका महत्वपूर्ण विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले सदनमा अवरोध नगर्ने निर्णय गरेको बताए।
लेखकको सम्वन्धमा