चर्चामा

शिक्षाको केन्द्रबिन्दु बन्दै, नमस्ते एकेडेमी

शिक्षाको केन्द्रबिन्दु बन्दै, नमस्ते एकेडेमी
0 0
Read Time:11 Minute, 1 Second

प्रकाश पाण्डे – तिलोत्तमा । नेपालकै प्रमुख बुटवल तथा भैरहवा जस्ता ठुला सहरहरुको मध्य भाग तिलोत्तमा १४ खैरियामा अवस्थित नमस्ते एकेडेमी शिक्षाप्रेमीहरुका लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । परम्परागत शिक्षा प्रणाली भन्दा माथी उठेर अन्तरास्ट्रियस्तरको शिक्षा प्रणालीलाई आत्मसात गर्नुपर्छ भन्ने मान्यता बोकेर बिद्यालयको स्थापना गरिएको हो । नमस्ते एकेडेमी अन्य बिद्यालयहरु भन्दा आफैमा फरक र अनुशासित बिद्यालय भएकाले पनि मध्यम तथा उच्च बर्गका बिद्यार्थीहरुलाई समय-सापेक्ष्य तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।
”बिद्यार्थीहरुका लागि बिद्यालय पहिलो घर हो” भन्ने उद्देश्य बोकेको बिद्यालयमा सुबिधासम्पन्न होस्टेलको समेत व्यवस्था रहेको छ । बिद्यालयले तिलोत्तमा क्षेत्र वरपरका बिद्यार्थीहरुलाई ‘बिहान साढे ७ बजेदेखि साँझ ६ बजेसम्म र जाडोयाममा बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म’ अध्ययन अध्यापन गराउदै आइरहेको छ । बिहानै प्रत्येक विद्यार्थीको घर-घरमै पुगेर सुरक्षित हिसाबले विद्यार्थीहरुलाई बिद्यालय ल्याउने र सुरक्षित हिसाबले लैजाने गरिन्छ । विश्वमा दिन प्रतिदिन शिक्षा प्रणालीको बिकाश र स्तरउन्नतिमा नया नया प्रबिधि अपनाई पठनपाठन भैरहेको बर्तमान परिपेक्ष्यमा नमस्ते एकेडेमीले पनि यसखाले परिपाटीलाई अवलम्बन गर्दै आइरहेको छ । बिद्यार्थीहरुमा शारीरिक, मानसिक, भावनात्मक एवं शैक्षिक सोचको बिकाश गराई एउटा सिंगो ध्यानकेन्द्रको रुपमा बिद्यार्थी स्वयंले आफुलाई परिमार्जित गराउने गरि बिद्यालयले शिक्षण सिकाई गराउने गरेको छ ।

Advertisement

कुशल व्यवस्थापन : बिद्यार्थीको भबिस्यलाई मध्यनजर राख्दै सुरुवात गरिएको नमस्ते एकेडेमीले बातानुकुलित कक्षा कोठामा अनुभबी र खारिएका शिक्षकहरुबाट पठन पाठन गराउदै आएको छ । अन्तरास्ट्रियस्तरको भौतिक सुबिधा तथा शैक्षिक उपलब्धता सहित संचालित बिद्यालयमा बिद्यार्थीहरुको मानसिक अवस्थालाई बुझेर नै पठन-पाठन गराउने गरिन्छ । पढाईको नाममा विद्यार्थीहरुलाई घोकाएर, शारीरिक तथा मानसिक कष्ट दिएर होइन कि बिद्यार्थी स्वयमको सिक्ने चाहनालाई जागृत गराई शिक्षण गरिन्छ । यस क्षेत्रमा शिक्षाका नाममा भैरहेको चलखेल र ”को भन्दा को कम” भन्ने व्यवसायिक मानसिकताबाट पर रहेर संचालित एकेडेमीमा अहिले कक्षा ११ सम्म अध्ययन अध्यापन हुदै आइरहेको छ । देश तथा विदेशमा समेत नाम कमाउन सफल तिलोत्तमा कै शानको रुपमा उदाएको नमस्ते एकेडेमीमा अहिले देश तथा विदेशबाट समेत बिद्यार्थीहरु भर्ना हुन आउने क्रम जारी छ । शिक्षामा आमुल परिवर्तनको खाँचो देखेर नै यस क्षेत्रमा एकेडेमीको स्थापना गरिएको संचालकहरु स्वयम् बताउछन् । कोठे पढाई भन्दा फरक पारामा नमस्ते एकेडेमीले बिद्यार्थीहरुको भावना र मनस्थितिलाई बुझेर शिक्षा-दिक्षा दिदै आइरहेको छ । शिक्षामा आमुल परिवर्तनको खाँचो देखेर यस क्षेत्रका बिद्धत,शिक्षाप्रेमी तथा सामाजिक व्यक्तित्वहरु जस्तै नारायण बन्जाडे, डिल्ली नारायण पाण्डे, बिष्णु भुसाल लगायतको पहलमा नमस्ते एकेडेमीको स्थापना गरिएको हो ।

उत्कृष्ट शिक्षण बिधि : शिक्षणका अनेकौ र नया नया माध्यमहरुलाई अवलम्बन गर्नुपर्छ भन्ने भावनाको बिकाश गराउदै आएको नमस्ते एकेडेमीले
बिद्यार्थीहरुहरुलाई अब्बल बनाउन अनेकौ प्रयासहरु गरेको छ । नेपालका राम्रा नाम चलेका कलेजमा पढेका शिक्षकहरु तथा विदेशका राम्रा विश्वबिद्यालयहरुमा पढेर बिशेषत विदेश मै जन्मिएर विदेश मै शिक्षा आर्जन गरेका र मुख्यतया क्याम्ब्रिज विश्वबिद्यालयबाटै उत्कृस्ट अध्यापनको प्रमाणपत्र प्राप्त गरेका अंग्रेजी भाषामा अब्बल शिक्षकहरुले पठन पाठन गराउदै आएकाले पनि नमस्ते एकेडेमीमा अध्यनरत बिद्यार्थीहरु अब्बल हुनु स्वाभाविक हो । स्कूल मै पढ्ने स्कूल मै खाने र स्कूल मै अध्ययन गर्ने परिपाटीले बिद्यार्थीहरुलाई आफ्नै घरमा बसेर अध्ययन गरेको अनुभूति हुने गरेको छ । कतिपय बिद्यालयहरुमा अध्यनरत विद्यार्थीहरु शिक्षक देख्ने बित्तिकै डराउने, झर्किने र तर्किने गरेको हामीले देख्दै र भोग्दै आएका छौ । तर नमस्ते एकेडेमीमा अध्यनरत विद्यार्थी र शिक्षक बीच साथीत्वको सम्बन्ध छ । जसले विद्यार्थीमा अझ पढ्ने, मिहिनेत गर्ने र सधै नम्बर १ आउनु पर्छ भन्ने परिपाटीको बिकाश गराएको छ भने बिद्यालय पुग्दा बिद्यार्थीहरुले आफै घरको जस्तो बातावरण महसुस गर्छन ।

अतिरिक्त क्रियाकलापमा अब्बल : नमस्ते एकेडेमीले विद्यार्थीहरुमा पठन पाठनका अलावा हरेक दिन खेलकुदका हरेक प्रतियोगिताहरुमा सहभागी गराएर शारीरिक मानसिक तथा भौतिक रुपमा विद्यार्थीहरुको गुणात्मक क्षमता नाप्ने गर्छ । शैक्षिक क्रियाकलापका अतिरिक्त विद्यार्थीहरु खेलकुदका हरेक विधाहरु जस्तो कि बास्केटबल, फूटबल, कराते, पौडी, मनोरंजन, योगा, ध्यान, डान्स, साहित्य लगायतका विभिन्न खाले शारीरिक तथा शैक्षिक अभ्यासका प्रतियोगिताहरु आयोजना गर्दै र गराउदै आइरहेको छ । बिद्यालयले यी यावत क्रियाकलापको आयोजना गर्नुको मुख्य उद्येश्य भनेको विद्यार्थी भाई-बहिनिहरुलाई एउटा असल, अब्बल र अनुशासित नागरिक बनाउनु नै हो ।

बिद्यालयको चर्चा र योजना : स्थापना छोटो समयमा नै नमस्ते एकेडेमीले थालेको अभियान र प्रयासले तिलोत्तमा मात्र नभएर बुटवल, भैरहवाका अभिभावक मात्र होइन कपिलबस्तु, नवलपरासी, पाल्पा, अर्घाखाची, गुल्मी, बाग्लुंग, साथै म्याग्दीसम्मका अभिभावकहरुको मन जित्न सफल भएको छ । नमस्ते एकेडेमीको चर्चा सुनेपछि ति क्षेत्रका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई नमस्तेमा भर्ना गराउन ल्याइरहेका छन् । नमस्ते एकेडेमीले ३ पटक एसईईका परिक्षामा विद्यार्थीहरुलाई सहभागी गराई शत प्रतिशत नतिजा ल्याएर आफ्नो शैक्षिक स्तर देखाइसकेको छ । बर्ष २०७८ मा नमस्ते एकेडेमीले ” तिलोत्तमा कै उत्कृस्ट निजि बिद्यालय” को उपाधि समेत हात पर्न सफल भएको छ ।
विद्यार्थी भाई-बहिनिहरुलाई विश्व सुहाउदो परिवेशमा अघि बढाउनु पर्छ भन्ने उद्देश्यले नमस्ते एकेडेमीले ”स्पेनिस” भाषालाई समेत आफ्नो पाठ्यक्रममा समाबेश गर्ने योजना अघि सार्दै छ । यसैगरि अंग्रेजी भाषा अध्ययन गर्ने विद्यार्थीहरुको श्रीवृद्धि तथा बुद्धि र बिबेकलाई थप सुधार गर्ने हेतुले नमस्तेले नेपालको ब्रिटिश काउन्सिल संग समन्वय गरेर “क्याम्ब्रिज ईगंलिश एसेसमेन्ट टेष्ट सेन्टर” को समेत स्थापना गर्न गैरहेको बिद्यालयले जनाएको छ ।

समग्रमा :
आज भन्दा ७ / ८ वर्ष पहिलासम्म यस क्षेत्रका लब्ध प्रतिष्ठित घरानिया या भनौ शिक्षा प्रति उच्च लगाव भएका व्यक्ति-बिशेषहरुले आफ्ना सन्तानको उज्ज्वल भबिस्यका लागि भन्दै छोरा-छोरीलाई काठमाडौँ या मित्र राष्ट्र भारतको दार्जिलिंग,कालिन्ग्पोंग, नैनीताल, बंगलोर लगायतका ठाउहरुमा पठाउनु पर्थ्यो भने अब राम्रो शिक्षाका लागि अब काठमाडौँ या अन्य बिदेशी मुलुकमा हारगुहार गर्न नपर्ने गरि नमस्ते एकेडेमीको स्थापना यै तिलोत्तमामा भैसकेपछि अन्यत्र पठाउनु पर्ने सम्पूर्ण झन्झटबाट अभिभावकहरुले मुक्ति पाएका छन् । समय सापेक्ष्य, गुणस्तरीय तथा एउटा राम्रो स्कुलका लागि हुनुपर्ने सम्पूर्ण बिशेषताहरु नमस्ते एकेडेमीले उपलब्ध गराएपछि यस भेगका अभिभावकहरुमा आफ्ना विद्यार्थी भाई-बहिनीहरु नमस्तेमा भर्ना गराउन होडबाजी नै चलेको देखिन्छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %