चर्चामा

शुद्धोधन जेसिजद्वारा बृक्षरोपण

शुद्धोधन जेसिजद्वारा बृक्षरोपण
0 0
Read Time:1 Minute, 50 Second

बुटवल । विश्व वातावरण दिवस २०२२ का अवसरमा शुद्धोधज जेसिज द्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।शुद्धोधन गा पा अध्यक्ष बिष्णु बस्यालले कपुरको बिरुवा लगाई सुरुवात गर्नुभएको कार्यक्रममा शुद्धोधन ४ का अध्यक्ष केशब प्रसाद अधिकारी , शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष मुकेश कुँवर , निवर्तमान अध्यक्ष रामजी पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

वातावरण दिवसको बिहान फर्साटिकर मावि हाता भित्र लगाउने बिरुवा विद्यालयलाई हस्तान्तरण गरि साँझ खेल मैदान वरिपरि कपुर, गुल्मोहर, टिक , अमला, दालचीनी लगायतका बिरुवा लगाईएको कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष बस्यालले बिरुवा राेप्नु मात्र भन्दा पनि राेपीएका बिरुवा संरक्षण हुने र सरसफाईलाई पनि ध्यान दिने हाे भने वातावरण स्वच्छ हुने बताउनुभएको थियो ।

बृक्षरोपण कार्यक्रम शुद्धोधन जेसीज बर्ष २०२२ का शाखा अध्यक्ष जेसी मुकेश कुँवरज्यूकाे अध्यक्षतामा तथा पालुङ जेसीज वर्ष जेसी शिवराज गौतमज्यूको कार्यक्रम संयाेजकत्वमा सम्पन्न भएको यस कार्यक्रममा शुद्धोधन जेसिज बर्ष २०२२का बाेर्डका पदाधिकारी ज्यूहरू तथा संयाेजक ज्युहरूकाे उल्लेखेनीय उपस्थिति रहेको थियाे

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement