ऐतिहासिक महत्व बोकेको मालिकाधाम झिरमथाना
नारायण भट्टराई
लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं ६ को ठुलापोखरा , बाझापोखरा देखि केही दक्षीण तर्फको चुचुरा को नाम हो झिरम्थाना जहां श्री मालिका देवीको मन्दिर अवस्थित छ । ठूलापोखरा नै एउटा एतीहासिक पवित्र पर्यटकीय क्षेत्र मानिन्छ ,केही समय यस्ले विश्राम लिएको मात्र हो ।
लुम्बिनी प्रदेश भन्नाले गौतम बुद्ध जन्मेको देश नेपालले अर्घा र खाँची संधि भएको स्थललाई गोदमा लिएको छ । त्यही अर्घाखाँचीको सिरानी भै बसेको क्षेत्र महाराजको मन्दिर र धैरेनी राज्य ठुलापोखराका सहयात्रीको रूपमा लिइन्छ त्यसैले धैरेनी राज्य भएको कारणबाट यहाँ राजाको दर्शन ,अड्डा अदालतको कामले पनि गुल्मी अर्घाखाँची , पाल्पा, प्युठानका ठूलाबडा मानिसको आगमन भइ रहेको स्थल हो ठुलापोखरा ।
मालिका देवीको स्थापना आवस्यकता किन भयो भन्ने क्रममा ठूलापोखरा र आसपासका क्षेत्र हरुमा कृषकका गाई ,गोरु ,भैंसी , बाख्रा , भेडा आदिमा प्रतेक वर्ष विभिन्न किसिमका रोगव्याधी लाग्नाको एउटा कारण र अर्को देवीको वाहन सिंहले प्रतेक वर्ष भर्खर बीहाएका गाई, भैंसी , पाडा ,बाछा समाती खाने मार्ने जस्ता प्रकोप बढी रह्यो ।
एक जना मानिसको सानो बच्चालाई समाती तत्कालीन केरुंगा गाउँपालिका को पश्चिम तर्फको वनमा लागि खाएको र धेरै समय पछि टाउका को खप्पर कपालका रौं भएको टोपी जस्तो खप्पर भेटिए पछि पानीको बाटो गरिएको थियो अर्थात् दाह संस्कार गरिएको थियो । बाघले यसरी सताउँदा जिल्ला वन कार्यालय ले नियन्त्रण गर्ने कुनै प्रयास गरेको नदेखिएको कारण बाट याहाका बूढा पाका अग्रज बाट वि स २०४१ सालमा मालिका देवीको स्थापना र मन्दिर बनाई शिला स्थापना गरी गाई ,भैंसी को दूध चढाउन सुरु गरियो त्यस पछि मालिका देवीको महत्तो बढ्दै गयो र बाघको प्रकोप पनि घड्दै गयो ।
मालिका देवीको देवालय टाकुरामा भएको कारण माथुराबेसी राधाकृष्ण मन्दिर, रेसुङ्गा शिवालय , छत्रमहाराज ,माझकोट ,कालिका देवी ,अर्घातोष देवी ,थानापति देवता, दुरबासेश्वर ,वाङ्ला मालिका ,सुपादेउराली ,पाणिनी तपोभूमि आदि लाई मालिका देवीले आफ्नो कक्षामा विराजमान गराउनु भएको छ ।
यस पवित्र भूमिमा सन्तान नहुने लाई सन्तान प्राप्त हुने ,सम्पति नहुने लाई सम्पति ,शिक्षा आर्जन मा कमी भएको को लागि शिक्षा ,विवाहा सफल नहुनेका लागि विवाहा हुने ,राजनैतिक मामिलामा सफल , आदिको मनकामना पूरा हुन्छ भन्ने र गोठमाकुनै किसिमको प्रकोप रहँदैन भन्ने विश्वास गरिन्छ ।
जहां श्री मालिका देवीको आराधना र पुजनले यस भूमिमा दुर्गा मन्दिर ,गणेश मन्दिर ,शिवालय , केदारनाथ धाम ,भारत को उत्तर प्रदेश , बद्रीनाथ धाम ,गंगोत्री , यमुनोत्री ,ऋषिकेश ,हरिद्यार , कास्मिर का विष्णुदेवी , गौंहाटी का कामक्ख्या ,अरु विभिन्न ठाउँमा दर्शन गर्ने ,देवी देवताको दर्शन गरे जत्तिको यथा फल प्राप्त हुन्छ ।
संसारको जुन ठाउँमा गएपनि ब्रह्मा ,विष्णु ,महेश्वर र देवीको आराधना र पूजन गरिन्छ । ती अकल्पनीय चीज थाहा पाइन्छ ,मालिका ,दुर्गा ,पार्वती ,गौरी ,सिद्धि दात्री आदि देवी भए । गणेश जी ले नब ग्रह शान्ति गराउने उनको पहिलो पूजा गर्ने गर्ने गरिन्छ ,त्यसैमा विष्णु कहा छन् भन्ने प्रश्न उठ्न सक्दछ ,त्यस संकाको निराकरण भागवत महापुराणको कथन अनुसार जहां शिवजी लाई आबह्वान गरिन्छ त्याहा विष्णुको उपस्थिति नभई हुँदैन ,कुनै कुनै ठाउँमा पार्वती लाई बहिनी ,शिवजी लाई ज्वाइँ र विष्णु लाई जेठान भनेको पाइन्छ । त्यसै ले शिवजीको घाँटीको गलबन्दी भएर बस्ने विष्णु भन्न हामीलाई अप्ठ्यारो पर्दैन । राम, कृष्ण कहा हुनुहुन्छ भन्ने हो भने कल्प कल्प को कुरा यी सबै विष्णु भगवान हुन ।
कही काहि भगवान र देवताका फरक रूप बताएको पाइन्छ । कालिका ,मालिका , चण्डी का , देवी आदि पार्वती का कल्प कल्प का रुप हुन भनी बताइएको छ । त्यस कारण बाट पनि यस भूमि लाई धामको उपाधि दिन लाई कुनै आपत्ति आई लाग्दैन भन्ने कथन हो । डाँडो मा भएको कारण ठूलोखोला ,सेरीखोला , जर्रे खोला , बर्रे खोला आदिको जलले कल कल गर्दै बार्है मास गीत गाउने चौवाहा फाँट ,भुनभुगे ,जररेखोला फाँट , मिलमिले ,सेटटारी ,दामजिंग , बलि फाँट ,चिसापानी आदि फाटमा लगाइएका धानका पहेला बाला नाचीरहेका दृश्य यस ठाउँबाट मालिका देवीले हेरिरहेको आभास हुन्छ ।
प्राय हरेक महिनाको आईतबार का दिन दूध चढाउने र विजया दशमीको त्रयोदशीका दिन खेल भाइ हो वाख्खाई भनी सराय नाच हुने गर्द छ । छिमेकी गाउँपालिका हरु बाट पनि यहाको चमत्कारीता को वर्णनले दर्शनार्थी हरुको भीड हुने गर्दछ ।याहा दुई वटा ठूला विष्णु पादुका को विराज मान छ ।
विभिन्न जातका फलफूल आप, कटहर ,लिची ,केरा, पारिजात ,कटहर चम्पा ,भुइँचम्पा ,रुद्राक्ष , निम, बोधिवृक्ष ,धुपिसल्ला, अमला ,बेल ,बदहर , फलेदा आदिका बोट बिरुवा लगाइएको छ र लगाउन बाकी आगामी वर्षमा लगाइने तर्जुमा छ ।यस पुन्यभुमिमा सप्ताह महापुराण , होमन् , रुद्री आदि गरी १२ ज्योतिर्लिङ्ग को स्थापना गरिएको छ ।
यसकारण ले पनि सम्पूर्ण तीर्थ हरुको फल मालिका मन्दिर को प्राङ्गणमा प्रवेस गरे पछि प्राप्त हुने गर्दछ भन्ने बुझाइ छ।यस स्थलको नामाकरण द्वापरयुगमा भएकोहो भन्ने किंवदन्ती छ । पाचपाण्डब मध्येका माइला भाई भीमसेनले अर्घाको लेक बाट घुयत्राले ढुङ्गा हुत्याएका हुन भन्ने कथन छ । जुन ढुङ्गाहरू गोलाकार का मात्याङ्ग्रा जस्ता छन् देख्न सकिन्छ ।
पहिले यहाँ राजा रजौर्टा बसेका हुन् भन्ने भनाई पनि अद्यावधिक छ किनकि तल सम्मो ठाउ चौवाहालाई हातीसारा भनिन्छ र माथि झिरामथाना भनिन्छ । हात्ती सारा भन्नाले हात्ती वर बाट पर सार्ने ,र त्याहा थाना भएको कारणले माथि बाट तल तिर झर्ने क्रममा झरम थाना भन्दाभन्दै अपभ्रंस भै झिरमथाना हुन गएको कुरा यहाका अग्रज हरु बताउनु हुन्छ । दुई ठूला पोखरी हरु यस ठाउँको विचोबिच मा रहेको ले ठूलापोखरा नाम रहन गयो ,अर्घाखाँचीको उत्तम भूमिको छनौट गर्नु पर्दा यस ठूलापोखरा लाई लिने गरिन्छ । यस भूमिको हावा पानी सधैं रम्य रहन्छ ।
ठूलापोखरा को मुटु भागमा दुई ठूला पोखरी हरु १७ रौं शताप्दी मा खनिएकोहो भनी यहाका अग्रज को आवाज गुञ्जन्छ । यस भूमिको मध्यभागमा वोडा नं ६ को वार्ड कार्यालय ,हुलाक ,श्री ने. रा. मा. वि का ६ वटा भवन हरु ,ग्लोबल आई यम इ बैंक ,सौंँचालय र स्वास्थ्यचौकी नयाभबन् का साथ अन्यत्र सारिएको छ ।
(लेखक भट्टराइ नेपाल राष्ट्रिय माबि ,छत्रदेव ६ ठूलापोखरा कार्कीपाटाका निवर्तमान शिक्षक हुन् ।)
लेखकको सम्वन्धमा