४ वर्षदेखि कृषि विकास बैंक – महिता सडक-खण्ड अलपत्र , यात्रु र स्थानीयलाई सास्ती
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको कृषि विकास बैक देखि महिता सम्म जाने सडक विगत ४ वर्षदेखि अलपत्र परेको छ ।
४ वर्ष पहिला बाटो बन्ने काम सुरु भए पनि अहिले सम्म सडक बन्न नसक्दा यात्रु तथा स्थानीयले सास्ती बेहोर्नु परेको छ।
सडक बन्ने काम काम ३ महिना चल्ने केही महिना रोकिने फेरि ३ महिना चल्ने गर्दा लामो समयसम्म गर्मी मौसममा धुलाम्य र वर्षाको समयमा हिलाम्य हुने गरेको छ। स्थानीय राकेश पाण्डेले गर्मीमा धुलो र पानी पर्दा हिलाम्य समस्या भोग्नुपरेको कुरा लुम्बिनी प्रेसलाई बताए।
स्थानीय केपी जनसन शर्माले सडक समयमा पूरा नहुँदा हिँडडुल गर्न समेत गाह्रो भएको बताए।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ भैरहवा अन्तर्गत यो सडक बनाउने काम लुम्बिनी आशिष् सन्तोषी निमार्ण सेवाले पाएको थियो।
करिब ७५ करोडको बजेटमा ७ प्याकेजमा अन्तर्गत महिता सडक खण्ड , श्रीराम पुर , निग्लीहवा , दलदलहा , जगदीशपुर ताल ,लक्ष्मी नगर शुकरामपुर र लोकहडिया चोक रहेका थिए।यही बजेट भित्रको प्याकेज भएपनी बजेट अभावले काम रोकिएको निर्माण सेवाका इन्जिनियर निराज केसीले लुम्बिनी प्रेसलाई बताए।
लेखकको सम्वन्धमा