रोट्रयाक्ट डिस्ट्रिक्टको डिष्ट्रिक टिम ट्रेनिङ सेमिनार चितवनमा सम्पन्न
चितवन। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल ले चितवनमा डिष्ट्रिक टिम ट्रेनिङ सेमिनार सम्पन्न गरेको छ ।
सेमिनार रोट्र्याक्ट डिष्ट्रिक डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२४। २५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सेमिनारमा रोटयाक्ट डिष्ट्रिकको आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गर्दै बाषिक कार्ययोजनानिमार्ण गर्दै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए।
उनले दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रिक मेम्बहरुको सहभागितामा सम्पन्न भएको बताए। सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमाहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रिक २०२४र२५ का डिष्ट्रिक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि गरेका कामहरको प्रसंसा गरे।
अव नया कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताए। धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेश मै रोजगारि सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने बताए। यसको लागि रोटरि डिष्ट्रिकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै रोटरियन राजन पिया ले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गरेका थिय आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे् ।
सेमिनारमा सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गरेका थिए
लेखकको सम्वन्धमा