प्रीतिले खोलिन स्किन केयर, मेकअप र एकेडेमी सहितको सैलुन “डिभाईन”, थपिएका सेवाले ग्राहकको मन जित्ने मौका
बुटवल। युवा ब्यवसायी प्रीती दुलालको एकल २० लाख लगानिमा बुटवल – ११ कालिकापथमा सञ्चालन गरेको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीले अब स्किन केयर र एकेडेमी सेवा प्रदान शुरु गरेको छ। स्किन केयर सेवा र एकेडेमीको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरेकी छन।
गत भदौबाट युनिसेक्स सलुन सेवा र मेकअप सेवा प्रदान गर्दै आएको सलोनले अब स्कीन केयर र एकेडेमीको औपचारिक रुपमा सुरुवात गरिएको सञ्चालक प्रिति दुलालले बताईन ।
४ वर्ष यहि क्षेत्रको तालिम तथा ९ वर्ष यहि पेशामा रहेर सिकेको सिपमार्फत स्वरोजगार हुँदै अन्यलाई समेत रोजगारी सिर्जना गर्नेगरी सलोन तथा एकेडेमी उद्घाटन गरेको बताईन।
कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले बुटवलमा आफू जनप्रतिनिधि भैसकेपछि महिलाहरुलाई आत्मनिर्भर र रोजगार प्रदान गर्न सौन्दर्य कलाको रुपमा ब्युटी पार्लरलाई प्राथमिकताका साथ अगाडि बढाउँदै विभिन्न तालिमहरु प्रदान गरेको बताईन् ।
अर्यालले पछिल्लो समय देशभित्रै केही गर्न सकिन्न भनेर निराश मुद्रामा विदेशीने युवायुवतीलाई नेपालमै रहेर केही गर्नुपर्छ भन्ने दर्बिलो सन्देश प्रितिले दिएकोे बताउँदै अनवरतरुपमा व्यवसायिक सफलताको शुभकामना दिईन् ।
कार्यक्रममा वरिष्ठ सौन्दर्य कला व्यवसायी एवं स्कीन एक्स्पर्ट पुनम श्रेष्ठ, सामाजिक संजालमा चर्चित गोमा ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका जिल्ला सदस्य जानकी नेपाल, पूजा पन्थी लगायतले ब्यवसायीक सफलताको शुभकामना दिएका थिए।
युवा उद्यमी प्रिति दुलालको एकल लगानीमा सञ्चालनमा ल्याएको सलुन तथा एकेडेमीमा अहिले सम्म करिब २० लाखको लगानी पुगेको छ। उनले एकेडेमीबाट २५ जनाभन्दा बढीलाई तालिम प्रदान गरिसकेको बताइन। आफू एकल महिला भएपनि माईतिपक्षबाट राम्रो स्नेहले गर्दा आफू सफल भएको सञ्चालक दुलालले बताईन।
उद्घाटनको अवसरमा वरिष्ठ सौन्दर्य कला व्यवसायी एवं स्कीन एक्स्पर्ट पुनम श्रेष्ठले पहिलो दिन स्किन टेस्ट गरेकि छन। पहिलो दिन मात्रै करिब २ सय जनाले स्किन टेस्ट भएको र हरेक दिन स्किन टेस्ट गरिने सञ्चालक दुलालले बताईन। पहिलो दिन प्युठान, पाल्पा, कपिलवस्तु, नवलपरासी, भैरहवा लगायतका क्षेत्रबाट सेवा लिन आएका थिए। अहिले सम्म सलोन तथा एकेडेमीमा अहिले सम्म ५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन।
लेखकको सम्वन्धमा