बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय

बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय
0 0
Read Time:1 Minute, 44 Second

बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । आज आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको नियमित बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेकाे हाे ।

Advertisement

प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउने गरी सरकारले भाडामा लिएको थियो । बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरेपनि मुख्यमन्त्रीको आवास भने यथावत थियो ।

यस्तै बैठकले प्रदेश सरकारले विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति, आर्थिक तथा योजना मामिला समिति गठन गरेको भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

यस्तै बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस अघि विभागीय मन्त्री नियुक्ती नहुँदा सम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री दिपेन्द्र पुनलाई दिइएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %