अंश बिबादले दाईहरुद्वारा भाईमाथि कुटपिट,ज्यान मार्ने हमला भएकाे भन्दै प्रहरीमाजाहेरी
कपिलबस्तु । कपिलबस्तुको कृष्णनगरमा अंशको बिबादले दाईहरुले कान्छो भाईमाथि कुटपिट गरेका छन।
कृष्णनगर नगरपालिका वडा ७ अजिगर बस्ने शरद कुमार चौधरीलाई दुई दाईहरुले गम्भीर घाइते हुनेगरी कुटपिट गरेपछि शरदकी श्रीमती माथुरी चौधरीले ज्यान मार्ने गरि कुटपिट गरेको भन्दौ प्रहरीमा जाहेरी दिएकी हुन।
कृष्णनगर नगरपालिका वडा ७ अजिगर बस्ने जेठो दाई गुडडु भन्ने दीपेन्द्र चौधरी र माईलो दाइ कृष्णनगर नगरपालिका वडा ७ अजिगर मनोज कुमार चौधरीले कान्छो भाईइ शरद माथी ज्यान मार्नेगरी हमला गरेको भन्दै बुहारी माथुरीले ईलाका प्रहरी कार्यालय कृष्णनगरमा जहेरी दिएकि हुन।
बिगत १ महिनादेखि अशंको बिबादले दाईहरु गुडडु भनिने दिपेन्द्र र देपेन्द्र चौधरीले बिहान १० बजे कुटपिट गर्दा फलामको राडले टाउकोमा कुटपिट गरेको र यस्तो कुटपिट ज्यान लिनको लागि गरिने भन्दै शुरक्षाको लागि प्रहरीमा उजुरी दिएको श्रीमती माथुरिले बताईन।
टाउकोमा चोट लगेपछि रगत धेरै बगेकोले उनलाई बहादुरगंज अस्पतालमा पुराएपनि उपचार हुन नसकेपछि बुटवल सिटि अस्पतालमा उपचार भईरहेको आफन्तले जनाएका छन।
कृष्णनगरमा जोहिरी दरखास्त दिएको विषयमा अनुसन्धान शुरु भएको कृष्णनगर प्रहरी कार्यालयले जनाएको छ ।
लेखकको सम्वन्धमा