बुटवलमा गर्मीले आखामा समस्या देखिन थालेपछी नि:शुल्क आखा शिविर ,१२० जनाको परिक्षण र उपचार
बुटवल। केही दिनदेखि बुटवलमा तातो हावासंगै तापक्रम वृद्धि हुँदै जादा गर्मी बढेको छ । गर्मीमा आँखा पाक्ने समस्या हुने सम्भावना बढी हुन्छ ।
त्यसैलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिका वडा-७ शिवनगरस्थित हामी र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र भिजन पोइन्ट अप्टिकल सेन्टर बुटवलको सहकार्यमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर – ११ का वडा अध्यक्ष रामचन्द्र खनाल क्षेत्रीको प्रमुख आतिथ्यतामा शिविरको समुदघाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले सहकारीले आर्थिकसंगै सामाजिक कार्यमा पनि सेवा गर्दै अगाडि बढेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए । उनले मानव जीवनयापनका लागि आखाको महत्त्वपूर्ण भूमिका हुने भएकोले यसको हेरचाहमा बिशेष ध्यान दिनुपर्ने बताए ।
त्यस्तैगरी वडा -११ का वडा सदस्य माया दर्नालले बोल्दै सहकारीले सदस्यहरुको हितका लागि चासो दिएर शिविर सन्चालन गरेको भन्दै आयोजक र सहकार्य गर्ने भिजन पोइन्ट अप्टिकल सेन्टरलाई धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा सहकारीका सल्लाहकार तथा कार्यक्रमका संयोजक लोक बहादुर नेपालीले बोल्दै सहकारीले सदस्यहरु बीछ लेनदेनको मात्रै कारोबार नगरी सामाजिक सेवामा समर्पित भएको बताए । उनले पछिल्लो समय सहकारीलाई आम सर्वसाधारणले हेर्ने दृष्टिकोण फरक परेकाले आर्थिकसंगै सामाजिक कार्यमा अग्रसरतामा लैजान पनि सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा सहकारीले भिजन पोइन्ट अप्तटिकल सेन्टरका सन्चालक प्रेम नेपाली, आँखा विशेषज्ञ डा. अस्मिता गाहा र प्रमिला शाहीले चेकजाँच गरेका थिए । शिविरमा १ सय २० जनाले आखाको परीक्षण गराएका छन् ।
उनीहरुमध्ये ६ जनालाई मोतिबिन्दु देखिएकोले थप उपचारका लागि अस्पताल पठाईएको छ भने अन्यलाई निशुल्क औषधी प्रदान गरिएको र आवश्य परेमा विशेष छुटसहित चश्मा उपलब्ध गराईएको थियो । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माले शिविर सन्चालन गर्न सहयोग गर्ने महानुभावहरु र कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका सल्लाहकार हरिओम विश्वकर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष सुवर्ण कुमार रणपाल, सुन्दरनगर खानेपानी संस्था बुटवलका सदस्य शान्ता रणपाल, न्यू पाल्पाली भुवनपोखरी सुनचाँदी पसलका सन्चालक अमृत वेवारे, सामुदायिक जागरण विकास मन्चका राम बहादुर विकलगायतको सहभागिता रहेको थियो ।
सहकारीका उपाध्यक्ष पिताम्बर विश्वकर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन सहकारीका सन्चालक मिन बहादुर विकले गरेका थिए ।
लेखकको सम्वन्धमा