दारी ग्याङकाे भित्तेपात्राे बिमोचन

दारी ग्याङकाे भित्तेपात्राे  बिमोचन
0 0
Read Time:3 Minute, 45 Second

बुटवल । दारी ग्याङ रुपन्देहीले २०८१ सालकाे भित्तेपात्राे बिमोचन गरेकाे छ ।
दारी ग्याङ रुपन्देहीकाे पुर्व संयाेजक गाेकुल पाण्डे तथा पुर्व केन्द्रिय अध्यक्ष, दारी ग्याङ रूपन्देही सल्लाहकार प्रदिप गैरे बर्बरिककाे उपस्थितीमा नयाँ बर्ष २०८१ सालकाे भित्तेपात्राे बिमाचन गरिएकाे हाे ।

Advertisement

कार्यक्रममा पुर्व संयाेजक पाण्डेले दारी ग्याङकाे परिचय, स्थापनाकाे उद्देश्य तथा औचित्य र दारी ग्याङले गर्दै आएकाे सामािजक कार्यमाथी प्रकाश पर्नुभएकाे थियाे ।

पुर्व केन्द्रिय अध्यक्ष तथा दारी ग्याङ रूपन्देही सल्लाहकार प्रदिप गैरे बर्बरिकले २०७२ सालबाट सुरू भएकाे दारी ग्याङ नेपालका विभिन्न ४९ जिल्ला र प्रदेशमा समेत हरेक सामाजिक गतिविधीमा प्रत्यक्ष, पराेक्ष रूपामा सकारात्मक भुमिका निर्वाह गर्दै आएको बताउदै गतिसिल रहदै असल व्यक्ती निर्माण तथा आफुमा आत्मविश्वास बढाउन मद्दत गरेकाे बताउनु भयाे ।

विगतका बर्षहरूमा जस्तै याे बर्ष पनी दारी ग्याङ रूपन्देहीले भित्तेपात्राे प्रकाशनलाइ निरन्तरता दिएकाेमा धन्यवाद ज्ञापन गर्दै, दारी ग्याङ रूपन्देहीलाइ याे स्थान सम्म पुराउन सहयाेग गर्ने पुर्व संयाेजकहरू, संस्थापक सदस्यहरू, सल्लाहकार लगाएत सबैलाइ धन्यवाद ज्ञापन गर्नुभयाे ।

दारी ग्याङ रूपन्देही आईटि संयाेजक तथा भित्तेपात्राे प्रकाशन संयाेजक मधु पन्तले पात्राे प्रकाशनमा सहयाेग गर्ने सबैलाइ धन्यवाद दिदै दारी ग्याङकाे सामाजिककार्यहरूमा स्वस्थ्य, सुचना प्रविधी तथा जनचेतनाकाे क्षेत्रमा कार्यक्रमहरू गर्दै आएकोले सबैकाे सक्रिएता बढ्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

कार्यक्रममा दारी ग्याङ लुम्बिनी प्रदेश संयोजक असल सुवेदी सह-संयाेजक अमृत गाैडेल, दारी ग्याङ रूपन्देही अध्यक्ष भरत पाैडेल, उपाध्यक्ष साैगात पाठक, काेषाध्यक्ष संजय चालिसे, सचिव साैरभ ढकाल, सह-सचिव विष्णु पाण्डे, सदस्यहरू प्रकाश कडेल, गंगेश गाैतम, रमेश लम्साल, सागर थापा क्षेत्री शुद्धोधन गाउपालिका प्रतिनिधी रमेश खनाल, कन्चन गाउपालिका प्रतिनिधी कुमार क्षेत्री, सैनामैना नगरपालिका प्रतिनिधी पवन ज्ञवाली, तिलाेत्तमा नगरपालिका प्रतिनिधी जिवन विश्वकर्मा, बुटवल उप-महानगरपालिका प्रतिनिधी सन्ताेष न्याैपाने नवलपरासी प्रतिनिधित्व प्रदिप सुवेदी लगाएत ४० जनाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रमकाे संचालन दारी ग्याङ रूपन्देही प्रवत्ता प्रदिप काेइराला र सचिव साैरभ प्रसाद ढकालले गर्नुभएकाे थियाे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %