पहिलो पाइला नेपालद्वारा इश्माका आगलागी पिडितलाई राहत

पहिलो पाइला नेपालद्वारा इश्माका आगलागी पिडितलाई राहत
0 0
Read Time:3 Minute, 35 Second

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ईश्मा गाउँपालिका वडा नं.२ का विभिन्न स्थानमा वैशाख ८ गते आगलागी भई घरबार विहीन परिवारलाई राहत हस्तान्तरण गरेको छ । 
विपतकाे साथी पहिलो पाइला भन्ने अभिप्रायका साथ आकस्मिक घटनामा पिडितलाई सहयोग गर्ने हेतुले पहिलो पाइला नेपालद्वारा सञ्चालित “रु १ अभियान” बाट उठेको रकम हस्तान्तरण गरेको हो।
स्थानीय निकाय र राहत व्यवस्थापन समितिसँगको समन्वयको आधारमा आगलागीबाट बढी प्रभावित ईश्मा गाँउपालिकाकाे वडा नं. २ मा सोही वडाका वडाध्यक्ष लोकनाथ आचार्यको उपस्थितिमा पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष विनोद बस्याल, केन्द्रीय महासचिव विनोद महत, बुटवल शाखा उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोमा भट्टराई, सचिव डिल प्रसाद अधिकारी र सल्लाहकार गंगाधर न्यौपाने पीडित परिवार समक्ष पुगी राहात स्वरुप १७ परिवारका ८१ जना पीडितहरूलाई थाल, कचौरा र गिलास वितरण गरिएको थियो ।
साथै ईश्मा गाउँपालिकाका अन्य वडाहरू वडा नं. १, ४ र ६ का अन्य पीडितहरूलाई समेत उपलब्ध गराउने गरी थप ३४ सेट थाल, कचौरा र गिलास कार्यपालिका सदस्य तथा वडा नं. २ का वडाध्यक्ष लोकनाथ आचार्यलाई हस्तान्तरण गरिएको थियो ।

घटनाको बारेमा जानकारी गराउँदै वडा नं. २ का वडाध्यक्ष लोकनाथ आचार्यले अकल्पनीय आगलागीले आफ्नो वडामा अकल्पनीय क्षति भएको बताउँदै पीडितहरूलाई आवश्यकताको आधारमा एक द्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको र एक द्वार राहत प्रणालीकै कारण आवश्यकताअनुसार राहत सामग्री प्राप्त भएको बताए।
साथै अबको लक्ष्य बर्षायाम अगावै आवासविहीन परिवारलाई आवासको प्रबन्ध गर्ने भयकोले ठुलो क्षति भयकोले गाउँपालिका मात्रै एकले पुननिर्माणकाे कार्य गर्ने असमर्थ भयकोले आवास निर्माणका सामग्री उपलब्ध गराउन व्यक्ति तथा सहयोगी सङ्घसंस्थालाई अपिल गरे।
पहिलो पाइला नेपालद्वारा आकस्मिक घटनामा सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालित रु १ अभियान बुटवल शाखाद्वारा सञ्चालन गरी स्थानीय निकायको समन्वयको आधारमा आवश्यकताबमोजिम राहत सामग्री उपलब्ध गराइएको बुटवल शाखा अध्यक्ष विनोद बस्यालले बताए।
पहिलो पाइला नेपालले मानव सुरक्षालाई ध्यानमा राखी सामाजिक सेवामूलक कार्यहरू गरिरहेको र सोही बमोजिम आकस्मिक परिस्थितिमा सिर्जित घटनामा संस्थाको सहभागिता रहने प्रतिबद्धता व्यक्त गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement