तिलोत्तमामा स्थानीय दलित जनप्रतिनिधिहरुलाई दुई दिने कानुनी सचेतना सुरु

तिलोत्तमामा स्थानीय दलित जनप्रतिनिधिहरुलाई दुई दिने कानुनी सचेतना सुरु
0 0
Read Time:4 Minute, 28 Second

बुटवल । सामुदायिक जागरण विकास मंच रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा स्थानीय दलित जनप्रतिनिधिहरुका लागि कानुनी सचेतना कार्यक्रम मंगलबारदेखि तिलोत्तमामा सुरु भएको छ ।

Advertisement

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा विपद व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्री को अध्यक्षतामा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख खाणले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै खाणले नेपालको संविधान – २०७२ मा दलितमैत्री र अवसर भएकोले त्यसैलाई आत्मसात गर्दै जनप्रतिनिधिहरु अगाडि बढ्नुपर्ने बताए । उनले जनप्रतिनिधिहरु भैसकेपछि कानुनलगायत धेरै विषयहरुमा जानकार हुनुपर्ने बताउदै जीवनलाई सहज र सरल बनाउन निरन्तर लाग्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले बोल्दै स्थानीय तहमा दलित जनप्रतिनिधि हुँदै गर्दा कानुनका विषयमा के कस्तो अवस्था छ ? भन्ने बारे ज्ञान हुनु आवश्यक भएको बताइन् ।

उनले दलित जनप्रतिनिधिहरु स्थानीय तहमा वडा सदस्य मात्रै भएर बस्न नहुने र समय अनुसार उनीहरुलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी दिदा उत्साहका साथ काम गर्नुपर्ने बताइन । उनले कानुनमा लेखिए अनुसार त्यसलाई कार्यान्वयन नगरी व्यक्तिको प्रवृत्ति आफू अनुकुल कानुन बनाउनेतर्फ लागेकोले त्यसलाई कानुनले क्षम्य नहुने बताइन ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्री ले बोल्दै तिलोत्तमा नगरपालिकाले आफ्नो बार्शिक कार्यक्रम अन्तरगत दलित जनप्रतिनिधिका लागि कानुनी सचेतना कार्यक्रम गरिएकोले जनप्रतिनिधिले आफ्नो जिम्मेवारीसंग जोडिएका विषयवस्तुहरुलाई कुशलतापुर्वक ज्ञान र विवेकको प्रयोग गरी निर्वाह गर्नुपर्ने बताए । उनले तिलोत्तमा नगरपालिका शैक्षिक, राजनीतिक, सुशासन र सेवाका दृष्टिकोणले उत्कृष्ट नगरपालिका भएकोले यो नगरपालिकाभित्र रहेका दलित समुदायका जनप्रतिनिधिहरु हरेक हिसाबले अब्बल छन् भनेर स्थापित गराउनका लागि पनि यो कार्यक्रम आयोजना गरिएको बताए ।

त्यस्तैगरी नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रबी सेन्चुरीको स्वागत मन्तव्यमा कार्यक्रमको सन्चालन अन्जली विश्वकर्माले गरेकी थिइन ।
दुई दिन सम्म सन्चालन हुने सचेतना कार्यक्रममा तिलोत्तमा नगरपालिकाका १७ वटा वडाका दलित जनप्रतिनिधिहरु तथा विषयगत समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य राधा शाही, तिलोत्तमा – ११ का वडा सदस्य लक्ष्मी विकलगायतको सहभागिता रहेको थियो ।

उदघाटन सत्रको सुरुवाती चरणमा तिलोत्तमा नगरपालिकाका पूर्व कार्यपालिका सदस्य तथा अधिवक्ता दीपा सुनार, सामुदायिक जागरण विकास मन्चका अध्यक्ष राम बहादुर विश्वकर्मालगायतले प्रशिक्षण दिएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %