दुई दिने कानुनी सचेतना तालीम समापन
बुटवल । सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा स्थानीय दलित जनप्रतिनिधिहरुका लागि भएको दुई दिने कानुनी सचेतना कार्यक्रम बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा विपद व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्री को अध्यक्षतामा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले जीवन जिउन, समाजमा बस्न र सामाजिक परिवेशमा घुलमिल हुन कानूनको महत्वपूर्ण भूमिका रहने बताउँदै जनप्रतिनिधिका लागि झनै यसको महत्व रहने बताए । उनले जनप्रतिनिधि नरहदाको बखत पनि कानून आवश्यक भएको र कानूनी सचेतनालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।
समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्यहरु तारा सुनार, लक्ष्मी घले, वडा न.. ११ का वडा सदस्य लक्ष्मी विक, १७ वटा वडाका दलित जनप्रतिनिधिहरु तथा विषयगत समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
साथै तालिममा हिरादेवी विश्वकर्माले आफ्ना धारणा व्यक्त गरेकी थिईन् । दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अधिवक्ता दीपा सुनार, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरी, सामुदायिक जागरण विकास मञ्चका अध्यक्ष राम बहादुर विश्वकर्मालगायतले प्रशिक्षण दिएका थिए ।
तालिम समापनका अवसरमा सहभागी प्रशिक्षार्थी जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन अञ्जली विश्वकर्माले गरेकी थिईन् ।
लेखकको सम्वन्धमा