मैले ल्याएँ भन्दै भ्रम छर्न बजेट माग्न मन्त्रालय नआउनुस् : मुख्यमन्त्री महरा (भिडियाे सहित)
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बजेट माग्न मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन् ।नेपाल नगरपालिका संघ लुम्बिनीले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले बजेट आफ्नो सिस्टम अनुसार जाने भन्दै मन्त्रालय जाँदैमा बजेट नपाइने बताए ।
‘योजनाका फाइल बोकेर मन्त्रालय जाने काम नगर्नुस् ।’ मुख्यमन्त्री महराले भने, ‘मन्त्रालय जाँदैमा बजेट पाइँदैन । बजेट मन्त्रालयगत कार्यालयबाट आफ्नो प्रक्रियाबाट आफै गइहाल्छ ।’
स्थानीय तह आफै सरकार भएकाले एउटा सरकार बजेट माग्न अर्को सरकारसँग हात फैलाउन नपर्ने मुख्यमन्त्री महराले बताए । आफू विकास नभएको ठाउँमा विकास गर्न प्रतिबद्ध भएको उनको भनाइ छ ।
मन्त्रालयमा आएर बजेट लग्ने र सर्वसाधारण लाई मैले ल्याएको भनेर भ्रम फैलाउने परम्परा हाबी भएको भन्दै उनले त्यसको अन्त्य गर्ने अभियानमा आफू लागेको बताए ।
लेखकको सम्वन्धमा