वैवाहिक बर्षगाँठकाे अवसरमा गाैतम दम्पतीद्वारा बृहत रक्तदान

वैवाहिक बर्षगाँठकाे अवसरमा गाैतम दम्पतीद्वारा बृहत रक्तदान
0 0
Read Time:1 Minute, 23 Second

बुटवलमा शुभकार्यहरुमा रक्तदान गर्ने प्रचलन बढ्दै गईरहेको छ । जन्मदिनमा रक्तदान गरि मनाउने प्रचलन कायमै रहेको अवस्थामा वैवाहिक बर्षगाँठको अवसरमा रक्तदान भईरहेका छन् । यसैबिच बुटवलका समाजसेवी एवं व्यवसायी ईश्वरी गौतम र श्रीमती सम्झना नेपाल गौतमको १९ औँ वैवाहिक बर्षगाँठको अवसरमा बुटवलमा रक्तदान गरिएको हो । गौतम दम्पतीको आयोजना तथा रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३० यु्निट रगत शंकलन भएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले जानकारी दिए । समाजसेवी एवं व्यवसायी ईश्वरी गौतमले शुभअवसरमा रक्तदान कार्यक्रम आयोजना गरेर मानवीय जीवन बचाउनको लागि यो अभियान सञ्चालन गरेको बताउँदै सवैले शुभकार्यमा रक्तदान गरेमा रगत अभाव हुन नपाउने उल्लेख गरे । गौतम दम्पतीले नियमित रक्तदान गर्दै आईरहेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजले गौतम दम्पतीलाई सम्मान गरेको हो ।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
22 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
11 %

Advertisement