धातिवाङ – रुपन्देही सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा पाण्डे
बुटवल । धातिवाङ – रुपन्देही सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा पिताम्बर पाण्डे निर्वाचित भएका छन् । समाजको सातौ साधारण सभा तथा चौथो अधिवेशनले जपाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा गंगा पौडेल, सचिवमा हरी प्रसाद घिमिरे, कोषाध्यक्षमा सुमन पौडेल र सहसचिवमा तुल्सीराम पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा झबिलाल पौडेल ,टेकनारायण पौडेल, भविश्वर पौडेल , कासी पौडेल, गौरि पौडेल र राधिका ज्ञवाली पौडेल रहेका छन् ।
अध्यक्षमा चयन भएपछि पाण्डेले अघिल्लो कार्यसमितिले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिंदै थप सामाजिक र रचनात्मक काममा समाजलाई अग्रसर बनउने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि अधिवेशनको उदघाटन समाजका सबै भन्दा जेष्ठ सदस्यले गरेका थिए । त्यस अवसरमा बोल्दै उहाँले समाजले सबैलाई एक बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले समाजको सदस्य वृद्धि गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
समाजका अध्यक्ष देवी प्रसाद पौडेलले समाजले सबैलाई एकताको सूत्रमा बाँध्न सफल भएको बताउनु भयो । उहाँले समाजले सधैं सकारात्मक कार्यहरू अगाडि बढाउँदै आएको र अब आउने कार्य समितिले पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै समाजका संस्थापक अध्यक्ष थानेशोर पौडेलले धातिवाङ्ग र रुपन्देहि लाइ अझ नजिक ल्याउन जोड दिदै समाज सुदृढिकरण मितब्यिता सुमधुर सम्बन्ध सहित धातिवाङ्गमा उत्पादित बस्तुको रुपन्देहिमा ब्यवस्थित बजार सम्पर्क समाजले खोज्नु पर्ने र सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस अवसरमा समाजका कोषाध्यक्ष भविशोर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत।मन्तव्य संस्थाका उपाध्यक्ष नमराज पौडेल र कार्यक्रम सञ्चालन सह सचिव हरी प्रसाद घिमिरेले गर्नु भएको थियो ।
लेखकको सम्वन्धमा