चर्चामा

सिद्धार्थ ईन्टरनेशनल कलेजद्वारा बुटवलको पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु

सिद्धार्थ ईन्टरनेशनल कलेजद्वारा बुटवलको पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु
0 0
Read Time:4 Minute, 56 Second

बुटवल। बुटवलको विकासका लागि पुनः संरचना विषयक दुई दिने गोष्ठी बुटवलमा सुरु भएको छ । सिद्धार्थ इन्टरनेशनल कलेज बुटवलले पछिल्लो समय बुटवलको विकासका लागि बजारलाई चलायमान बनाउन तथा बुटवलको पुनः संरचनाका विषयमा कलेजमा अध्ययनरत विद्यार्थी, उद्योगी, बैंकर्श,शिक्षकलगायतको सहभागितामा बिहीबार र शुक्रबार सिद्धार्थ फेष्टको आयोजना गरेको हो ।

कार्यक्रममा सिद्धार्थ इन्टरनेशनल कलेजका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा संविधान सभा सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि रिजालले बोल्दै बुटवलको विकासका लागि पर्यटन, शिक्षा, आईटीलाई जोडेर लैजानु पर्ने बताए । उनले पर्यटन आकर्षणको लागि लुम्बिनीको विकास गरी शिक्षालाई आईटीसंगै आईटीलाई उद्योगसंग लैजान सकेमा रोजगारीको सिर्जन गर्न सकिने बताए ।

Advertisement

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा विकासको प्रचुर सम्भावना रहेकोले यसको लागि उपमहानगरपालिकाले विभिन्न तालिमहरु प्रदान गर्न तयार रहेकोले सधै साथ र सहयोग गर्ने बताए । उनले काम भन्दा धेरै भाषणमा मात्रै समय खर्च गर्ने र ग्रास रुटबाट काम नगर्दा बुटवललाई सोचे अनुसार अगाडि बढाउन नसकिएको बताए ।

त्यस्तैगरी लुम्बिनी टेक्निकल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले आईटी सेक्टरलाई प्राथमिकता नदिने हो भने अबको युवा पछाडि पर्ने बताए । आईटी त्यस्तो प्रविधि हो जसको भरमा बिदेशमा रहेका नेपाली युवाहरुलाई स्वदेशमै ल्याएर रोजगारीसंग जोड्न सकिने बताए ।

कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष तथा समाजसेवी एजाज आलमले बोल्दै स्वास्थ्य र शिक्षाका लागि विदेशिने युवाहरुलाई रोक्न नसक्नुले बुटवल बजार गुल्जारमय बन्न नसकेको बताए । उनले औद्योगिक र पर्यटकीय क्षेत्रमा विकास गर्न सकेमा बुटवल चलायमान बनाउन सकिने बताए ।

त्यस्तैगरी नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुशिल कुमार नेपाल, तिलोत्तमा कलेजका संस्थापक क्याम्पस प्रमुख प्रोफेसर डा. रामचन्द्र आचार्य, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, आईटी स्ट्रक्चर एण्ड सलुसनका को – फाउण्डर श्रृष्टि गुरुङ्गलगायतल बोल्दैे बुटवललाई कसरी हुन्छ ? हराभरा र चलायमान बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए । उत्त, कार्यक्रममा अर्जुन ज्ञवालीले प्यानलिष्ट सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तैगरी कलेजका प्राचार्य रामप्रसाद खरेलले बोल्दै व्यवसायी र पेशागत रुपमा सञ्चबलन गर्न अहिलेको अवस्थामा बुटवललाइृ कसरी समृद्ध र आर्थिक रुपमा चलायमान बनाउने भन्ने सन्दभ कलेजका व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी चिरन्जीवी जोशीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कलेजका प्रोग्राम संयोजक तथा उपप्राध्यापक प्रेमराज पोख्रेले गरेका थिए ।

शुक्रबार दोस्रो सेशनको कल्चरल कार्यक्रम गरेर समापन गरिने कलेजका प्रशासकीय अधिकृत काशीराज ज्ञवालीले बताए । २०६६ सालमा पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त गरेपछि बिबए र बीबीआई कार्यक्रमहरु सञ्चालन गरेको सिद्धार्थ कलेजले हरेक वर्ष कलेज फेष्ट गर्दै आएको छ । कलेजमा करिब ३ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %