पत्रकारहरुले आलोचनात्मक समाचार लेख्न जरुरी ः मन्त्री अधिकारी

पत्रकारहरुले आलोचनात्मक समाचार लेख्न जरुरी ः मन्त्री अधिकारी
0 0
Read Time:2 Minute, 59 Second

बुटवल । लुम्बिनी प्रदेश सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्लालय मन्त्री भगवती अधिकारीले सरकारका सकारात्मक समाचारहरुलाई मात्रै प्रकाशन नगरि सरकारलाई सुझाब दिने सहितका आलोचनात्मक समाचारहरु प्रकाशन गर्नुपर्ने उल्लेख गरिन ।

Advertisement

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनमा सञ्चारकर्मी महिलाहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिमको बुटवलमा उद्धाटन गर्दै मन्त्री अधिकारीले पत्रकारहरुले सधै नागरिकको बोली बोल्ने भएकाले सत्य र तथ्यमा टेकेर विषय वस्तु उठान गर्न आग्रह गरिन । जसले गर्दा समाजलाई सहि दिशानिर्देश हुने उल्लेख गरिन् ।

उनले पत्रकार महिलाको क्षमता विकास र व्यवसायीकताका लागि आफु सधै तयार रहको बताइन । अधिकारीले आफुले सँधै महिला तथा बालबालिकाको हितमा रहेर काम गर्ने र निति नियम पनि त्यहि अनुसार बनाउने प्रतिबद्धता व्यक्त गरिन । साथै महिला पत्रकारहरुको पनि हित हुने गरि काम गर्ने बताइन् ।

तालिमको उद्धाटनको अवसरमा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको निमित सचिव शारदा बश्यालले लुम्बिनी प्रदेशको लैङ्गिगक नीति र यसको अवस्थाको बारेमा जानकारी गराउदै सकारात्मक विभेदका साथ महिलाको लागि छुट्टै बजेट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गरिन ।
कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाले आफ्नो क्षमता अभिवृद्धि गर्न समाचार लेखनमा जोड दिनुका साथै यस्ता खालको तालिमको आवश्यकता रहेको उल्लेख गरिन ।

क्रियाशिल महिला पत्रकार रुपन्देही अध्यक्ष कल्पना तिवारील महिलाले क्षमता अभिवृद्धि गर्न लेखने बानीको विकास गर्नमा जोड दिनुपर्ने बताईन ।

तालिमको मन्त्रालयका सचिव बश्याल र सञ्चारिका समूह लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलले सहजिकरण गरेका थिए । उद्धाटन सत्रको कार्यक्रम मन्त्रालयका अधिकृत प्रदिप खनालले गरेका थिए । तालिम बिहीबार सम्म सञ्चालन हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %