अमेरिकन युनिभर्सिटिका प्रतिनिधिहरु फेलिक्स इस्टर्न बुटवलमा

अमेरिकन युनिभर्सिटिका प्रतिनिधिहरु फेलिक्स इस्टर्न बुटवलमा
1 0
Read Time:2 Minute, 54 Second

बुटवल । बुटवल चौराहामा रहेको फेलिक्स इस्टर्न एजुकेसनल कन्सलटेन्सीले अमेरिकाको चारवटा युनिभर्सीटका प्रतिनिधिहरुसंग विद्यालर्थी भेटघाट कार्यक्रम साथै बेब डेभलपमेन्ट वर्कशप राखेको छ ।
बुटवलमा जेठ १० गते बुधबार भेटघाट कार्यक्रम राखिएको र सहभागिताको लागि बुटवल शाखाका प्रवन्ध निर्देशक रोसन भुसालले आग्रह गरेका छन् ।
मोतिमार्ग राजमार्ग चौराहामा कन्सलटेन्सीमा कोलोराडो मेसा युनिभर्सिटि र साउथ ईस्टर्न युनिभर्सिटि बाट महिमा थापा, विलियम प्याटिर्सन युनिभर्सिटिका रोजीका पोखरेल, युनिभर्सिटि अफ फिन्डलेका विष्णु पाण्डेको सहभागिता रहने प्रवन्ध निर्देशक भुसालले जानकारी दिए ।
सो अवसरमा त्यहाँको कुनैपनि कोर्ष लिने ले ग्राण्ड वेभ डेभलपमेन्ट वर्कसपमा फ्रीमा सहभागि हुने कुपन पाउने कुरा आईटि तथा मार्केटिङ प्रमुख लेखनाथ पन्थले जानकारी दिए । फेलिक्स इस्टर्न एजुकेसनल कन्सलटेन्सी बुटवल चौराहाको सहयोगमा आइटि क्षेत्रसंग सम्बन्धित विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा संगै प्रोजेक्ट बेसिसमा तालिम हुने र सो तालिम पछि विद्यार्थीले कुनैपनि कम्पनीमा वेब संग सम्बन्धित कामका लागि तैयार हुने उद्येश्यले कार्यक्रम गर्न लागेको उनले जानकारी दिए ।
केही मापदण्ड सहित निशुल्क सहभागिता राखिएको वर्कसपमा सहभागीहरुले आई टि कम्पनिमा कार्यरत प्रतिनिधि संग जिज्ञासा राख्ने तथा अन्तरक्रिया गर्ने र वेभ डेभलपमेन्टहरुका कोर्षहरुको बारेमा जानकारी सहित प्रशिक्षण प्रदान गरिने जनाईएको छ ।
फेलिक्स इस्टर्न एजुकेसनल कन्सलटेन्सीले अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके माल्टा, साउथ कोरिया लगायतका देशमा बिद्यार्थीहरु पठाईरहेको छ ।
यसका काठमाण्डौ, अस्ट्रेलिया, फिलिपिन्स लगायतका क्षेत्रहरुमा शाखा छन। यहाँ आईएलटिस, पिटिई, युकेभीआइ, एसएटि लगायत अध्याापन हुने गरेको छ।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement