प्रदेश प्रमुख शेरचनद्धारा २५६८ औं बुद्ध जयन्तीको शुभकामना
बुटवल । लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले २५६८ औं बुद्ध जयन्तीको अबसरमा शुभकामना व्यक्त गर्दै सत्ता प्राप्तिको लागि विभिन्न हिंसात्मक घटनाका दृष्टान्तहरू देखिएको विश्व राजनितीको इतिहासमा आफ्नै सिंहासन त्याग गरी दृढ संकल्पका साथ जनताको माझमा पुग्ने विश्वका एक मात्र पहिलो मानव गौतम बुद्धभएको बताएका छन ।
प्रमुख शेरचनले बुद्धजयन्ती र उभौली पर्वको अबसरमा संयुक्त रुपमा शुभकामना सन्देश मार्फत बौद्ध दर्शनका प्रणेता, विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको २५६८ औं बौद्ध जयन्ती र किराँत समुदायको उभौली पर्व (२०८१) को पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने दिदीबहिनी, दाजुभाईहरूमा शुभकामना ब्यक्त गरेका छन । मानवीय हित, समानता, कल्याण र शान्ति प्राप्तिको दार्शनिक अध्ययन, अनुसन्धान गर्न राज दरवार र सिंहासन त्यागगरी पैदल यात्रा गर्दै गाँउ गाँउ, बस्ती-बस्ती पुग्ने महामानव नेपाली हुनुले हामी नेपालीको गौरवतालाई उँचो बनाएको छ। बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति,सम्मानमा आधारित समाज बनाउने सन्देश दिनु भएको छ । जीवनलाई प्रगतिशील कार्यमा लगाउनु र समाजलाई सामाजिक न्याय तर्फ रूपान्तरण गर्नु भन्ने बुद्धको मुल सन्देश हो । यो सन्देश आज विश्वका सबै मानवका लागि उपयोगी छ । विश्वभरि देखिएका विभिन्न हत्या , हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
किराँत समुदायले मनाउँदै आएको उभौली पर्वले आफनै मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको छ । नेपालीहरूको एकतामा उर्जा थप्न र सामाजिक बन्धुत्वको अभिवृद्धि गर्न यी पर्वहरू अपरिहार्य छन् ।अन्त्यमा, बुद्धले प्रदान गर्नु भएको दर्शन र मार्गले सबै नेपालीलाई शान्ति, सद्भाव र
समानताको पथमार्गी हुन र समुन्नत राष्ट्र निर्माण गर्न प्रेरणा मिलोस भन्न्दै दुबै पर्वको संयुक्त शुभकामना ब्यक्त गरका छन ।
लेखकको सम्वन्धमा