निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी

निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी
0 0
Read Time:1 Minute, 24 Second

बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएको छ ।

Advertisement

सुरुङ खन्नका लागि विष्फोटक पदार्थ प्रयोग गरीने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका बारेमा शुक्रबार पूर्वाभ्यासको काम भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्गमा हाल स्काभेटर तथा ब्रेकरको प्रयोग गरी खन्ने काम भएको छ भने विष्फोटक पदार्थको प्रयोगले यसको गतीलाई थप बनाउने आयोजना हेर्ने ईन्जिनीयर सविता ज्ञवालीले जानकारी दिइन् ।

नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितीमा शुक्रबार आवश्यक तयारी तथा अभ्यास बारे छलफल भएको उनले बताइन् ।

सुरुङका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनालेनै भण्डारण गरेर राखेको छ भने उनीहरुकै उपस्थितीमा काम हुने बताइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %