एनएमबि बैंकको शाखा फर्साटिकर बसपार्कमा स्थानान्तरण
अर्जुन दृष्टि / बुटवल । एनएमबि बैंकको फर्साटिकर शाखा स्थानान्तरण भएको छ । आमग्राहकवर्गको सेवालाइ ध्यानमा राखी पहिलेको ठाउँ देखि करिब ५० मिटर उत्तरतर्फ फर्साटिकर बसपार्क अगाडिको भवनमा अत्याधुनिक सुविधासहित बैंकको शाखा स्थानान्तरण गरिएको हो ।
एनएमबि बैंकका लुम्बिनी प्रदेश एरिया एकका सिनियर एरिया म्यानेजर मेघराज तिमसिनाले एक विषेश समारोहका बिच स्थानान्तरित नयाँशाखा संमुद्घाटन गर्नुभएको थियो।
उहाँले एनएमबि बैंकको फर्साटिकर शाखा फर्साटिकर बसपार्क अगाडिको भवनमा स्थानान्तरण भएकोमा नयाँ ठाँउबाट यस क्षेत्रका एनएमबि बैंकका ग्राहकबर्ग अझै सहज, सरल र छिटोछरितो बित्तीय पहुँचबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजरहरु युवराज पाठक एवं प्रभात सिंह खाती तथा प्रदेश अप्रेसन म्यानेजर सुन्दर थापा लगायतको उपस्थिति रहेको थियो ।
एनएमबि बैंक फर्साटिकर शाखा प्रबन्धक सरोज बस्नेतले सबै जनताको पायक पर्ने स्थानबाट बित्तीय पहुँच पुर्याउन एनएमबि बैंक अत्याधुनिक सेवासुविधा सहित स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
उहाँले फर्साटिकर क्षेत्रका आमजनता, बुबाआमा, दाजुभाइ, दिदिबहिनीहरुलाइ गुणस्तरीय बैकिङ्ग सेवा दिन आफुहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुरक्षीत रूपमा बचत राख्ने, सरल र सर्वसुलभ कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबि बैंकबाट गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
लेखकको सम्वन्धमा