बुटवल पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार छ : नगरप्रमुख खेलराज पाण्डेय
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन् । उनले बुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोँच बनाएको तर जग्गाको व्यवस्थापन गर्न नसकिएको बताए । उनले बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु फलदायी हुने बताए । पछिल्लो समय पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि छुट्याइएको बजेटमा विभिन्न निकायमा उजुरी दिने प्रचलन बढेको बताउँदै त्यसले बजेट नै कटौती हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम फदायी हुने विश्वास व्यक्त गरे ।बुटवल उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित तालिममा रुपन्देहीका क्रियाशील ६० बढी पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव विनोद परियारले बताए । पहिलो दिन आइतबार बुटवल उपमहानगरका कार्यसम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रस्तुती राखेका थिए ।
यस्तै पत्रकारिताको पछिल्लो अवस्था र स्थानीय मिडियामा स्थानीय सरकारका सवालका विषयमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्षहरु शेरबहादुर के.सी. र यानेन्द्र जि.सी. तथा प्रदेश सल्लाहकार सरु रानासहितको प्यानल छलफल गरिएको थियो । सोमबार र मंगलबार भने बाह्रखरी अनलाईनका सम्पादक प्रतिक प्रधानले सहजीकरण गर्नेछन् ।
लेखकको सम्वन्धमा