एक्यान रुपन्देहीले गर्यो बजेटमाथी छलफल

एक्यान रुपन्देहीले गर्यो बजेटमाथी छलफल
0 0
Read Time:3 Minute, 3 Second

बुटवल । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ एक्यान रुपन्देहीको आयोजनामा बुटवलमा आगामी आर्थिक वर्षको बजेट सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको छ।

Advertisement

सरकारले सार्वजनिक गरेको ट्रेजरी बिल र बजेटले समेटेका कुरा र समेट्न नसकेका कुराहरुको बारेमा छलफल गरिएको थियो।

छलफलमा सहभागीहरुले पुजीगत खर्च कम रहेको, प्रशासनिक खर्च धेरै रहेको, उत्साहजनक नभएको,कर असुलीमा ध्यान देखाएको, उच्च मुद्रास्फीति देखिएको लगायतका टिप्पणी गरेका थिए।

कार्यक्रममा बोल्दै एक्यान लुम्बिनी प्रदेश अध्यक्ष छवि पोखरेलले बजेटले सम्बोधन गरेका क्षेत्रको बारेमा सबैले सम्बन्धित क्षेत्रमा जानकारी गराउनुपर्ने बताए। उनले सरकार अहिलेको कर मुखी बनेको भन्दै यसमा सुधारको आवश्यकता रहेको बताए।

अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) रुपन्देही अध्यक्ष राम प्रसाद पौडेलले बजेट उत्साहजनक नभएको बताए।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सरकारले ल्याएको बजेट भाषणको शब्द संयोजनले आम नागरिकलाई आशा जगाउने खालका कार्यक्रम देखिएपनि नीजि क्षेत्रलाई चलायमान बनाउने कार्यक्रम नआएको र पटक पटक बजेट भाषणमा उल्लेख भएर पनि कार्यान्वयन नहुने पुरानो चलन भएको बताए। उनले पूर्वाधार विकासमा नयाँ योजना नआएको र पुजिगत खर्चमा बृद्धि नभएका कारण आर्थिक चलायमान हुन नसक्ने बताए ।

रुपन्देही ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले बजेटमा पूजीगत खर्च पुरानै अवस्थामा धेरै देखिएको उल्लेख गरे।

चार्टर्ड एकाउन्टेन्ट्स सस्था बुटवल संयोजक शिवहरी शर्माले सरसर्ती बजेट हेर्दा यथार्थपरक देखिएपनी राजस्व संकलनले बिकास निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे।

कार्यक्रम एक्यान रुपन्देही अध्यक्ष कमल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य अच्युत पाण्डेलेले गरेका थिए।

कार्यक्रममा एक्यान रुपन्देही सचिव सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै यसको औचित्य तथा अवसर र चुनौतीको बारेमा प्रस्तुत गरेको उपाध्यक्ष महेश घिमिरे जानकारी दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %