लुम्बिनी मातहतका अस्पतालमा मेसु हेरफेर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा पुन डा. ईन्द्र ढकाल नियुक्त
बुटवल । पटक पटक फेरबदल भईरहेको लुम्बिनी प्रदेश सरकारले परिवर्तन गरेका मेसुहरुको स्थानान्तरण एवं हेरफेर गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसअघि नियुक्त भएका मेसु डा. सुदर्शन थापालाई हटाउदै यस अघि समेत मेसु रहेका डा. ढकाललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।
यस्तै प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरेको छ । जस अन्र्तगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।
भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए ।
लेखकको सम्वन्धमा